विदेशी मुद्राको भाउ पुन: घट्यो, कतिमा पुग्यो ?

Doller
लाेकपाटी न्यूज

काठमाडौं, १७ पुस । सोमबार स्थिर रहेको अमेरिकी डलरलगायत अरु विदेशी मुद्राको भाउ पुन: घटेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि अमेरिकी डलर १ को खरिददर १ सय ११ रुपैयाँ ३४ पैसा र बिक्रीदर १ सय ११ रुपैयाँ ९४ पैसा तोकेको छ । बैंक अनुशार मंगलबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६८ पैसा र बिक्रीदर २९ रुपौँ ८४ पैसा तथा कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५८ पैसा र बिक्रीदर ३० रुपैयाँ ७४ पैसा तोकिएको छ ।

सोमबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ७५ पैसा र बिक्रीदर २९ रुपैयाँ २१ पैसा तथा कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ६५ पैसा र बिक्रीदर ३० रुपैयाँ ८२ पैसा नै तोकिएको थियो ।

आइतबार र सोमबार अमेरिकी डलर १ को खरिददर १ सय ११ रुपैयाँ ६१ पैसा र बिक्रीदर १ सय १२ रुपैयाँ २१ पैसा थियो ।
मंगलबार युएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४६ पैसा तोकेको छ । आइतबार र सोमबार युएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ३९ पैसा र बिक्रीदर ३० रुपैयाँ ५५ पैसा थियो ।

मंगलबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ९४ पैसा र बिक्रीदर २७ रुपैयाँ ०९ पैसा तोकिएको छ । रिंगिटकोे भाउ भन केही पैसाले बढेको छ । विदेशी मुद्राको भाउ घटेसँगै नेपालमा उपभोग्य बस्तुको भाउ पनि घट्दै जान्छ ।