युएईमा ज्यान गुमाउने नेपालीको संख्या १ सय ३ पुग्यो

death
सांकेतिक तस्वीर
लाेकपाटी न्यूज

काठमाडौं, १७ पुस । नेपालमा बैदेशिक रोजगारीमा जानेहरुको संख्या दिन प्रतिदिन बढ्दो छ । मुख्यतया संयुक्त अरब इमिरेट्स, साउदी अरब, कुवेत, मलेसिया, जापान, कोरिया आदि नेपालीको रोजाइृमा पर्दछन् ।

बिदेशमा नेपालीहरुको मृत्युको खबर पटक पटक नेपाली सञ्चार माध्यमहरुमा आइरहेको हुन्छ । सन् २०१८ मा संयुक्त अरब इमिरेट्स युएई मा मात्र विभिन्न कारणबाट १०३ नेपाली कामदारको मृत्यु भएको छ ।

मुत्यु हुनेमा महिलाको तुलनामा पुरुषको संख्या बढि छ । २०१८ को युएईमा मृत्यु हुनेहरुको तथ्याङ्क हेर्दा ९५ पुरुष र ८ महिला रहेका छन् । जसमध्ये ३ महिला र ४४ पुरुषको प्राकृतिक कारण, ३ महिला र ३० पुरुषको आत्महत्या तथा २ महिला र २१ पुरुष कामदारको दुर्घटनामा परेर मृत्यु भएको आवुधावीस्थित नेपाली दूतावासले जानकारी दियो ।

मृतकमध्ये सूर्य विक, अमृतबहादुर कार्की, सिर्जना बराल र अशोक भट्टराईको शव नेपाल आउन आइसकेको छैन । मृत्युको कारणबारे छानबिन भइरहेकाले शव पठाउन ढिलाइ भएकोे दूतावासले जनाएको छ ।