फेसबुकमा मात्रै नपालीले कति खर्च गर्छन् ?

लाेकपाटी न्यूज

काठमाडौं । विश्वमा हाल सामाजिक सञ्जाल फेसबुकबाट कोही पनि अपरिचित हुन सकेका छैनन् । सबै भन्दा बढि प्रयोग हुने सामाजिक सञ्जाल मध्ये फेसबुक पहिलो पङक्तिमा पर्दछ ।

नेपालमा पनि फेसबुकका प्रयोगकर्ताहरुको संख्या दिन प्रतिदिन बढ्दो छ । बुढापाकाहरुले समेत फेसबुक नचलाएपनि छोराछोरी तथा नातिनातिनाले कस्तो फोटो हालेको छ भनेर फेसबुक हेर्न थालेका छन् ।

यसरी सबैको प्रिय बनेको फेसबुले नेपालबाट मात्रै वर्षेनी रु १३ अर्बबढी लैजाने गरेको छ । विश्वभरीमा फेसबुकका २ अर्ब २७ करोड भन्दा बढी प्रयोगकर्ता छन् । यि प्रयोगकर्ताबाट फेसबुकले ६० खर्ब ७० अर्ब बढी आम्दानी गरेको छ ।

अमेरिका तथा क्यानडामा २४ करोठ २० लाख प्रयोगकर्ता छन् भने उनीहरुबाट फेसबुकले २८ खर्ब ९९ अर्ब आम्दानी गर्ने गरेको छ । त्यस्तै युरोपमा ३७ करोड ५० लाख प्रयोगकर्ताबाट १५ अर्ब पाँच अर्ब बढी आम्दानी, एसिया प्रशान्त क्षेत्रका ९१ करोड ७० लाख प्रयोगकर्ताबाट रु १० खर्ब ६४ अर्ब आम्दानी, नेपालका मात्रै एक करोड १० लाख प्रयोगकर्ताबाट १२ अर्ब ७५ करोड बढी आम्दानी गर्ने गरेको छ । यसरी फेसबुक चलाउने एक नेपालीबाट उसले एक हजार एक सय ५९ रुपैयाँ आम्दानी गर्ने गरेको छ ।

सामाजिक सञ्जालले विज्ञापनका नाममा अबौं रकम लगेका छन् । तर, नियमनको उचित नीति नहुँदा देशको करोडौ राजश्व गुमेको छ । फेसबुक एउटा सामान्य सामाजिक सञ्जालको आम्दानी नेपालको वार्षिक बजेटका चार गुणा अर्थात ६० अर्ब बढी छ ।