अन्तरिक्ष यात्री भन्छन्- ‘मंगल ग्रहमा मान्छे पठाउने योजना हाँस्यास्पद’

NASA
लाेकपाटी न्यूज

एजेन्सी । पहिलो पटक चन्द्रमाको परिक्रमा गर्ने एक अन्तरिक्ष यात्रीले मंगल ग्रहमा मानिस पठाउने योजना मुर्ख्याइँ भनेका छन् ।

पृथ्वी छोड्ने पहिलो मानिस तथा अन्तरिक्ष यान ‘अपोलो-८’ का पाइलट बिल इन्डरले बीबीसीमार्फत मंगल ग्रहमा मानिस हाँस्यास्पद हो भनेका छन् ।

अहिले नासा चन्द्रमा नयाँ टोली पठाउने तयारी गरिरहेको छ । नासाले चन्द्रमामा नयाँ दल पठाएर अनुभव जुटाई त्यहि अनुभवको आधारमा मानिसलाई मंगल ग्रह पठाउने योजना बनाइरहेको छ । बिल इन्डरर्सको दावीअनुसार नासाको पक्ष पत्ता लगाउन सोधिएको प्रश्नमा नासाले कुनै प्रतिक्रिया दिएको छैन ।

८५ वर्षिय बिल इन्डर भन्छन् ‘म बिना मानवको अन्तरिक्ष यानको समर्थक हुँ, किनभने त्यो सस्तो हुन्छ । हामीलाई मंगल ग्रहमा जान किन आवश्यक छ ? हामीलाई त्यहाँ जान कसले बाध्य बनाएको छ ? मलाई लाग्दैन मानिसहरु त्यसमा कुनै चासो राख्छन् ।’

Space man

धेरै रोबोटहरूले मंगल ग्रहको अवस्थाको अध्ययन गरिरहेका छन् । गत महिना नासाले इन्साइट नामक रोबोटलाई त्यहाँ पठाएको थियो जुन अहिले त्यहाँको अवस्थाको अध्ययन गरिरहेको छ ।

सफल रह्यो ‘एपोलो-८’ को यात्रा 

डिसेम्बर १९६८ मा बिल इन्डर आफ्ना सहयोगी जिम लोभेलसँग चन्द्रमा पुगे । ‘एपोलो-८’ मा सहभागीहरुले पृथ्वीमा आउनुपूर्व चन्द्रमामा २० घण्टा बिताएका थिए । उनीहरु २७ डिसेम्बरमा प्रशान्त महासागर फर्किएका थिए ।

उनको टोलीले पृथ्वीबाट सबैभन्दा टाढाको दूरी यात्रा गरेको त्यो पहिलो पटक थियो । यसले सफलताले एपोलो ११ को मार्ग खोलिएको थियो र सात महिनापछि मात्र यसलाई चन्द्रमामा झारिएको थियो ।

यान चन्द्रमामा पठाइसकेपछि के-के भयो ?

पूर्वराष्ट्रपति जोन एफ केनेडीले सन् १९९६ को दशकको अन्त्यसम्म चन्द्रमामा मानिस पठाउन लिएको प्रतिज्ञा के भयो भनी पूर्वअन्तरिक्ष यात्रीहरुले नासा माथि प्रश्न उठाएका छन् ।

बिल एडम्स भन्छन्, ‘नासाले हालसम्म चन्द्रमामा मानिस पठाउन सकेको छैन । नासा जिद्दी बनेको छ । नासा रोजगारीको अवसर बनेको छ जसले मानिसहरुको समर्थन पाइरहेको छैन।’

सन् १९७० को दशकमा एपोलो कार्यक्रम पूरा भएपछि पृथ्वीको नजिककोे कक्षाहरुको जाँच भइसक्नु पर्नेमा सो काम नभएको मा पनि बिल एडम्स खुशी छैनन् । उनी भन्छन्, ‘मलाई लाग्छ अन्तरिक्ष यान एक गल्ती थियो । यसले मनोरञ्जनात्मक शुरुवात बाहेक अरु केही गरेन । यसले आफ्नो प्रतिज्ञा पूरा गरेन ।’