पाकेटमार र जुवाडे पक्राउ

Arrest
लाेकपाटी न्यूज

काठमाडौं, १७ पुस । काठमाडौंको महाराजगञ्जबाट एक पाकेटमार पक्राउ परेका छन् ।

मंगलबार महानगरीय प्रहरी वृत महाराजगञ्जबाट खटिएको टोलीले ककनी गाउँपालिका–७ का २७ वर्षीय विष्णु लामालाई पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट लुटिएको २६ हजार नगद बरामद गरेको छ ।

त्यस्तै प्रहरीले काठमाडौं महानगरपालिका–१५ बिजेश्वरीबाट जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको छ ।

सोमबार साँझ प्रहरीले भोटेकोशी गाउँपालिका–१ का २६ वर्षीय पासाङ लामासहित ८ जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले नगद चार लाख ५९ हजार रुपैयाँ, ९ सय अमेरिकी डलर र चार सय भारतीय रुपैयाँ र दुई बुक तास बरामद गरेको छ ।