सन्दीपको टीम विजयी

Sandeep Lamichhane
लाेकपाटी न्यूज

काठमाडौं, १७ पुस । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध क्लब मेलबर्न स्टार्सले बिग बास लिगमा लगातार दोस्रो जीत हासिल गरेको छ ।

मंगलबार भएको खेलमा डर्बी क्लब मेलबर्न रेनेगेड्सलाई ७ विकेटले पराजित गर्दै मेलबर्न स्टार्सले दोस्रो जीत हात पारेको हो ।

मेलबर्नमा रेनेगेड्सले दिएको १४९ रनको मध्यम लक्ष्य पछ्याएको स्टार्सले १७ ओभर ५ बलमा मात्र ३ विकेट गुमाएर भेट्टायो ।

यसअघि ब्याट फ्लिप हारेर पहिले ब्याटिङ गरेको रेनेगेड्सले पुरै २० ओभरमा ९ विकेट गुमाएर १४८ रन बनाएको थियो ।

रेनेगेड्सका लागि ड्यानियल क्रिस्टियनले ३२ तथा साम हार्परले ३० रन बनाए । त्यस्तै वाल्टर हार्भीले २१ रनको योगदान गरे । मेलबर्न स्टार्सका ड्याने ब्राभोले ३ तथा मार्कुस स्टोनिस र स्कोट बोलान्डले २/२ हात पारे । सन्दीपले आज १ विकेट लिए ।