वाइडबडी प्रकरण : को-को परे कार्वाहीको सिफारिस सूचिमा ?

Nepal-Airlines
लाेकपाटी न्यूज

काठमाडौँ । नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी एयरबस प्रकरणमा सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले आफ्नो प्रतिवेदन तयार गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

मंगलबार राति ११ बजेसम्म बसेको उपसमितिको बैठकले तयार पारेको प्रतिवेदनअनुसार निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई मुख्य दोषी ठहर गरेको छ ।

त्यस्तै, पर्यटन मन्त्रालयका बहालवाला मन्त्रीदेखि पूर्वमन्त्री र खरिद प्रक्रियामा संलग्न सचिवहरुलाई कारबाही सिफारिस गरिएको छ । वाइडबडी प्रकरणमा मन्त्रीपरिषदमा समेत छानविन समिति बनाउने विषयमा छलफल भएको थियो ।

प्रमूख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी प्रकरणमा सरकार दोषी रहेको भन्दै संसदको बैठकमै छानविन समितिको माग गरेका थिए । प्रतिपक्षी दलले प्रश्न उठाएपछि प्रधानमन्त्री केपी शर्मा ओली पनि उच्चस्तरीय समिति बनाउनेमा पुगेको स्रोत बताउँछ ।

सरकारले धेरै गर्न नसके पनि नराम्रो नगरेको र वाइडबडी प्रकरणले सरकारको छवि बिग्रिएको निष्कर्षमा प्रधानमन्त्री पुगेको बताइन्छ ।