यी हुन् राष्ट्रिय शिक्षा आयोगका २४ पदाधिकारी (नामसहित)

Education Ministry
लाेकपाटी न्यूज

काठमाडौं । शिक्षामा क्रान्तिकारी परिवर्तन गर्ने उद्धेश्यसहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन गरेको छ ।

आयोगले शिक्षामा क्रान्तिकारी परिर्वतनको प्रावधानसहितको प्रतिवेदनसमेत तयार पारिसकेको छ । प्रतिवेदनमा कानून, नियमावली, निर्देशिका, विभिन्न विश्वविद्यालयका ऐन, नियमावली तथा निर्देशिका र मन्त्रालय मातहतका सबै निकायमा विद्यमान परम्परागत प्रावधानलाई प्रतिस्थापन गर्ने लक्ष्य राखेको छ ।

आयोगले शिक्षा क्षेत्रमा सुधार गर्नुपर्ने विषयमा राय लिन राष्ट्रिय सम्मेलनको आयोजना समेत गरिसकेको छ । साथै सरोकारवालाहरुलाई आफ्ना सुझाव पेश गर्न अपील समेत गरेको छ ।

मन्त्री गीरिराजमणि पोखरेलसहितको टीमले तयार पारेको मस्यौदा निकै क्रान्तिकारी चरित्रको छ । यी हुन् आयोगका पदाधिकारीहरु ।

आयोगका पदाधिकारीहरु

१. मा. गिरिराजमणि पोखरेल, मन्त्री, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय – अध्यक्ष
२. डा. गंगालाल तुलाधर – सदस्य
३. श्री धनिराम (डि.आर.) पौडेल – सदस्य
४. मा. डा. उषा झा – सदस्य
५. श्री श्याम कुमार श्रेष्ठ – सदस्य
६. प्रा.डा. मीनबहादुर विष्ट – सदस्य
७. प्रा.डा. विद्यानाथ कोइराला – सदस्य
८. प्रा.डा. टंकनाथ शर्मा – सदस्य
९. प्रा.डा. मनिष पोखरेल – सदस्य
१०. प्रा.डा. रामस्वार्थ राय – सदस्य
११. डा. शुसन आचार्य – सदस्य
१२. डा. बाबुराम अधिकारी – सदस्य
१३. श्री बिमल कुमार फुयाँल – सदस्य
१४. श्री चक्रमान विश्वकर्मा – सदस्य
१५. प्रा.डा. सुजनबाबू मरहठ्ठा – सदस्य
१६. श्री नन्द कुमार थापामगर – सदस्य
१७. डा. कृष्ण प्रसाद पौडेल – सदस्य
१८. प्रा. भारती जोशी – सदस्य
१९. प्रा.डा. शारदा थपलिया – सदस्य
२०. श्री रमेश कुमार सिलवाल – सदस्य
२१. श्री लक्ष्मण शर्मा – सदस्य
२२. डा. सदानन्द कंडेल – सदस्य
२३. श्री खगराज बराल, सदस्य
२४. श्री बैकुण्ठ प्रसाद अर्याल – सदस्य
२५. श्री बाबुराम थापा, (अध्यक्ष नेपाल शिक्षक महासंघ) – स्थायी आमन्त्रित

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्