पुस १८ गते बुधबारको राशिफल पढ्नुहोस्

Rashiphal
लाेकपाटी न्यूज

काठमाडौं, १८ पुस । २०७५ पुस १८ गतेको राशिफल :

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आत्मबलमा कमी आउनेछ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मनमा दुविधा उत्पन्न हुनेछ । मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्य सिद्धिको योगछ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मन भावुक र उत्ताउलो बन्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । प्रेममा मनमुटाव आउनेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आइपर्ला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । आदर्श व्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । पढाइमा प्रगति हुनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकायको भय रहला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

वृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रेमीको सहयोग पाइनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अरुलाई प्रभावित पारेर काम बन्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।

वृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) जोश,जाँगर र उमङ्ग बढ्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । वैदेशिक कार्य अघी बढ्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

मकर

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । धर्म, कर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ । विभिन्न कुराको किनमेल हुनेछ । लाभ,हानी,आय,व्यय, सुख,दुख वरावरी खालको समय छ ।

-ज्यो.प. नारायणप्रसाद दुलाल