यी हुन् बन्द भएका १० चर्चित प्रविधि

Yahoo
लाेकपाटी न्यूज

काठमाडौं । विज्ञान तथा प्रविधिका क्षेत्रमा संसारले ठूलै फड्को मारिसकेको छ । यस्ता प्रविधिहरुले हाम्रो जीवनमा पनि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा प्रभाव पारिरहेको हुन्छ । नयाँ प्रविधि आएसँगै कतिपय पुराना प्रविधि हराएर जाने गर्छन् ।

अरु क्षेत्र जस्तै विज्ञान र प्रविधिको क्षेत्रमा पनि धेरै प्रविधि तथा ग्याजेटहरु आउँछन् र हराउँछन् । गुगलले यसवर्ष आफ्ना धेरै उत्पादनहरु बन्द गर्ने घोषणा गरेको छ । हालै संसारबाट धेरै प्रविधिहरु समाप्त भएर गए । यसरी हराएर गएकामध्ये कतिपयले प्रविधि जगत तथा हाम्रो जीवनमा ठूलै प्रभाव पारेका थिए । पछिल्लो समयमा समाप्त भएका १० वटा प्रविधिहरु यस्ता छन् ।

१. याहु मेसेन्जर

सन् १९९८ मा लञ्च गरिएको याहु मेसेन्जरले कुनै बेला राम्रो स्थान ओगटेको थियो । याहु मेसेन्जर एप पनि बन्द भएको छ । यो एप सन् २०१८ जुलाई १७ मा बन्द गरिएको हो । पछिल्लो समयमा ह्वाट्सएप, फेसबुक, स्न्यापच्याट तथा इन्स्टाग्रामसँग प्रतिस्पर्धा गर्न नसकेपछि याहु मेसेन्जर बन्द हुने अवस्थामा पुगेको हो ।

२. गुगल युआरएल सर्टनर

फन टूलको रुपमा निकै चर्चित भएको गुगल युआरएल सर्टनर सन् २००९ मा लञ्च भएको थियो । तर, केही समयअघि यसलाई पनि गुगलले बन्द गर्ने घोषणा गर्‍यो । यो बन्द भएसँगै गुगलले प्रयोगकर्तालाई फायरबेस डाइनामिक लिंक्स र ओ डब्लु डट एलवाईको प्रयोग गर्न अपिल गरेको छ ।

३. फेसबुक एम पर्सनल एसिस्टेन्ट

फेसबुक एम पर्सनल एसिस्टेन्ट सेवा अमेरिकाको क्यालिफोर्नियामा झण्डै २ हजार प्रयोगकर्ताका लागि फेसबुक मेसेन्जरको च्याटबोटको रुपमा उपलब्ध थियो । तर, यो सेवा पनि २०१८ को शुरुमै बन्द गरियो ।

४. गुगल स्पेसेस

सन् २०१६ मा लञ्च गरिएको गुगल स्पेसेसले लामो समयसम्म आफ्नो स्थान सुरक्षित राख्न सकेन । र, छोटो समयमा नै बन्द हुन पुग्यो । गुगल स्पेसेस गुगलको ग्रुप मेसेजिंग एप हो ।

५. गुगल ब्लब इमोजी

गुगलले यस वर्ष बन्द गरेको एपमध्ये गुगल ब्लब इमोजी पनि एक हो । वर्ल्ड इमोजी दिवसकै दिन गुगलले आफ्नो यो प्रोडक्ट बन्द गरेको थियो ।

६. फेसबुक हेल्लो

फेसबुक हेल्लो एपले प्रयोगकर्तालाई आफ्नो फोनमा रहेका कन्ट्याक्ट इन्फर्मेसनलाई फेसबुकसँग जोड्न सहयोग गर्‍थ्यो । यो एप गत जुलाई ३१ मा बन्द गरियो । फेसबुकले आफ्ना एन्ड्रोइड प्रयोगकर्ताका लागि यो एप सन् २०१५ मा लञ्च गरेको थियो ।

७. गुगल प्लस

सुरक्षा त्रुटीका कारण लाखौँ प्रयोगकर्ताका डाटा असुरक्षित भएको खुलासा भएपछि गुगल प्लस बन्द गरिएको हो । गुगलले गत अक्टोबरमा आफ्नो सोसल मिडिया प्लाटफर्म गुगल प्लस गरेको हो ।

८. गुगल इनबक्स

गुगल इनबक्स सन् २०१४ मा लञ्च गरिएको थियो । यसले जिमेलमा प्रयोग गर्ने फिचरहरुको परीक्षणको काम इनबक्समा गर्ने गर्दछ । तर, गुगलले आफ्नो इमेल एप इनबक्स बन्द गर्ने घोषणा गरेको छ । यो एप सन् २०१९ को मार्चबाट बन्द बताइएको छ । इनबक्स एप बन्द गर्नुको कारण भन्ने गुगलले खुलाएको छैन ।

९. युट्युब गेमिंग एप

युट्युब गेमिंग एप बन्द हुने भएको छ । सन् २०१५ मा लञ्च गरिएको युट्युब गेमिंग एप सन् २०१९ को मार्चमा बन्द हुनेछ । गुगलले आफ्नो भिडियो स्ट्रिमिंग एप युट्युबको गेमिंग एप बन्द गर्ने घोषणा गरेको गरेको हो ।

१०. गुगल क्रोम एप्स

गत वर्षको डिसेम्बरमा गुगलले आफ्नो क्रोम ब्राउजरको एप सेक्सन बन्द गर्ने घोषणा गर्‍यो । विन्डोज, म्याक तथा लिनक्स भर्सनको क्रोममा एप सेक्सन बन्द गरिएको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्