रहेनन् भाषासेवी बज्राचार्य

लाेकपाटी न्यूज

काठमाडौं, १९ पुस । नेपाल भाषाका कवि तथा भाषासेवी नातिबज्र बज्राचार्यको निधन भएको छ । बुधबार राति ८१ वर्षको उमेरमा उनको निधन भएको हो ।

उनी साहित्य रचनाका साथसाथै भोटाहिटी, दगुबहालमा सफू धुकू नामको पसल खोलेर नेपाल भाषाका पुस्तकहरु बिक्री बितरण गर्दथे ।
कवि बज्राचार्यका ‘सुति लः’, ‘जीवनया दुवाःतय्’ लगायतका कविता सङ्ग्रह र केही गीति एल्बम प्रकाशित छन ।

श्रीमती र छोराछोरीको उपस्थितिमा उनको आज शोभा भगवतीस्थित कर्णद्वीपमा अन्त्येष्टि गरिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्