पौडेलले प्रष्ट्याए काँग्रेस र किसानको सम्बन्ध

Ramchandra poudel
लाेकपाटी न्यूज

दमौली, १९ पुस । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृषिलाई सम्मानित पेशा बनाउनुपर्नेमा जोड दिएका छन् ।

ब्यास नगरपालिका–६ सिसाघाटस्थित श्याम्घा साना किसान सहकारीको चौथो साधारणसभाको बिहीबार उद्घाटन गर्दै नेता पौडेलले नेपालका अधिकांश किसान कृषिमा निर्भर भए पनि यो पेशा अपहेलित हुन पुगेको बताए । उनले भने, ‘नेपाललाई किसानको देश भनिन्छ तर कृषि पेशा अपहेलित छ, धेरै मिहिनेत गरेर थोरै मात्र आम्दानी हुने भएकोले कृषि पेशा अपहेलित छ ।’ जुन पेशाबाट धेरै नाफा हुन्छ मानिस त्यतै आकर्षित हुने गरेको भन्दै नेता पौडेलले कृषिमा आकर्षण बढाउनुपर्नेमा जोड दिए ।

किसान र काँग्रेसको सम्बन्ध अत्यन्त नजिकको रहेको चर्चा गर्दै नेता पौडेलले विपन्नलाई सम्पन्न गराउने पार्टी काँग्रेस मात्रै रहेको दाबी गरे । नेपालमा राजनीतिक क्रान्ति सकिएको चर्चा गर्दै उनले अब आर्थिक क्रान्ति गर्ने पालो भएको र त्यो कृषिबाटै सम्भव रहेको बताए ।