शाहरुख खानले चोरे कारको टायर

लाेकपाटी न्यूज

एजेन्सी । बलिउड अभिनेता शाहरुख खानले आफूले कारको टायर चोरेको खुलाएका छन् । खानको प्रदर्शनरत चलचित्र जिरोको प्रमोसनका क्रममा रहेका खानले आफूले कारको टायर चोरेको स्वीकार गरेका हुन् ।

उनले भने ‘मैले एक पल्ट कारको टायर चोरेको छु, मेरो कारको टायर पंचर भएको थियो । जब मैले टायर परिवर्तन गर्न खोजे मैले मेरो वैकल्पिक टायरपनि पंचर भएको थाहापाए । अलि पर राखिएको आफ्नैजस्तो कारबाट टायर चोरेर परिवर्तन गरे।’

शाहरुख खानले आफूले टायर परिवर्तन गरिसकेपछि कारमाथि ‘माफ गर्नुहोला’ भनेर नोट समेत छाडेको बताए । तर उनले त्यो घटनाको स्थान भने खुलाएका छैनन् ।

रेडियो मिर्चीसँगको अन्तवार्तामा पनि उनले आफूले एक पटक यस्तो कार्य गरेको बताएका छन् ।