चिनियाँ यानले गर्‍यो चन्द्रमाको अध्ययन नगरिएको क्षेत्रको अवतरण

लाेकपाटी न्यूज

एजेन्सी । चीनले आफ्नोे रोबोटिक अन्तरिक्ष यानद्धारा चन्द्रमाको अध्ययन नगरिएको क्षेत्रमा सफलतापूर्वक अवतरण गरेको छ ।

मानवरहित चाँग इ४ नामक यानले चन्द्रमाको दक्षिणी ध्रुव-एटकेन बेसिनमा अवतरण गरेको हो । बेइजिङमा स्थानीय समयानुसार दश बजेर २६ मिनेट जाँदा उक्त यान अवतरण भएको थियो ।

उक्त यानले सो क्षेत्रको भौगर्भिक अध्ययन गर्न एवं एक जैविक प्रयोग गर्न चाहिने उपकरण साथमा लगेको बताइएको छ । त्यहाँको सञ्चार माध्यमले उक्त अवतरणलाई अन्तरिक्ष यात्राको एक महत्त्वपूर्ण कोशे कोशेढुङ्गा मानेको छ ।

चन्द्रमामा विगतमा गरिएका यात्रा पृथ्वीतर्फ फर्किएको क्षेत्रमा गरिएका थिए भने यसपटक पहिले अध्ययन नगरिएको परको क्षेत्रमा यान पुगेको हो ।

अघिल्ला दिनहरुमो अन्तरिक्ष यान अवतरणको तयारीमा लागेको थियो । गत सप्ताहन्तमा चिनियाँ सरकारी सञ्चार माध्यमले उक्त यान चन्द्रमाको सतहको १५ किलोमिटर नजिकैको कक्षमा उत्रिसकेको जनाएका थिए ।

चन्द्रमाको उक्त क्षेत्रमा जाने लक्ष्य राखेकै कारण सो अभियान विगतका अभियानभन्दा बढी जोखिमपूर्ण तथा जटिल मानिएको थियो। सन् २०१३ मा चाँग इ-३ नामक यानले चन्द्रमाको सजिलो क्षेत्रमा अवतरण गरेको थियो।

अवतरण अघि भौतिकशास्त्री एण्ड्र्यु कोट्सले बीबीसीसँग कुरा गर्दै यो साहसी अभियान एपोलोले गरेको ऐतिहासिक अवतरणको करिब ५० वर्षपछि गरिएको भनेका थिए । २०१९ को अन्ततिर यानले त्यहाँबाट नमूनाहरू ल्याउनेछ बताइएको छ ।