चार किलो सुनसहित गजुरीबाट तीन जना पक्राउ

sun-taskari01
प्रतिकात्मक तस्बिर
लाेकपाटी न्यूज

धादिङ, २० पुस । धादिङको गजुरीबाट चार किलो सुनसहित तीनजना समातिएका छन् ।

बिहीबार राति गजुरी गाउँपालिका–१, सिद्धेश्वरी मन्दिर अगाडिबाट चार किलो सुनसहित रसुवाका २७ वर्षका अजित वाइबा, नुवाकोट तार्केश्वरी गाउँपालिकाका २२ वर्षका सुरेन्द्र तामाङ र २४ वर्षका विकास तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले प्रयोग गरेको बा ८७ प ७७३१ र प्रदेश नम्बर ३, ०२–००३ प २५४० नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक डम्बर विश्वकर्माका अनुसार पक्राउ परेका तीन जनालाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभागमा पठाउने तयारी गरिएको छ ।