लिटिल बुद्धको आश्रममा प्रहरीको छापा

Rambahadur Bamjam
लाेकपाटी न्यूज

काठमाडौं, २० पुस । लिटिल बुद्धको रुपमा चर्चामा आएका तपस्वी रामबहादुर बम्जनको आश्रममा प्रहरीले छापा मारेको छ ।

शुक्रबार केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको टोलीले बाडेगाउँमा रहेको बम्जमको आश्रममा छापा मारेको हो । प्रहरी स्रोतका अनुसार बिहीबार जिल्ला अदालतले उनको आश्रममा छापा मार्न अनुमति दिएको थियो ।

केही दिनअघि बम्जनको आश्रमबाट आनीहरु बेपत्ता भएको भन्दै परिवारजनले उजुरी गरेका थिए । बेपत्ता हुनेमा फूलमाया रुम्बा र कर्म वाइबालगायत रहेका छन् ।