काँग्रेसले माग्यो मन्त्री अधिकारीको राजीनामा

Nepali Congress
लाेकपाटी न्यूज

काठमाडौं, २० पुस । नेपाली काँग्रेसले वाइडबडी प्रकरणमा मुछिएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको राजीनामा मागेको छ ।

नेपाली काँग्रेसकी राष्ट्रिय सभा सदस्य विन्दादेवी आलेले वाइडबडी प्रकरणमा संलग्न मन्त्री अधिकारीले तत्काल राजीनामा दिनुपर्ने तर्क राखिन् । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा संघीय संसदको सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिले समितिमा बुझाएको प्रतिवेदनमा दोषी देखिएका मन्त्री अधिकारीले तत्काल पदबाट राजीनामा दिनुपर्ने बताइन् ।

वाइडबडी विमान प्रकरणका दोषीलाई कारबाही गर्नुको साटो सरकारले छानविन समिति बनाएको भन्दै उनले आपत्ति जनाइन् ।

मन्त्री अधिकारीलाई संघीय संसद सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले वाइडबडी विमान खरिद प्ररकणमा संलग्न रहेको भन्दै कारवाहीका लागि सिफारिस गरेको थियो ।