राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिताको उपाधि नेपाली सेनालाई

tekwando
लाेकपाटी न्यूज

काठमाडौं, २० पुस । प्रथम एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिताको उपाधि नेपाली सेना हात पारेको छ ।

शुक्रबार ललितपुरमा सम्पन्न खेलमा सेनाले १९ स्वर्ण १८ रजत र १० कास्य पदक सहित पहिलो भएको हो । उपाधिसँगै नेपाली सेनाले १ लाख रुपैयाँ, ट्रफी र मेडल प्राप्त गरेको छ । त्यस्तै १८ स्वर्ण ५ रजत र ७ कास्यसहित सितापाइला डोजाङ द्वितीय भएको छ भने ५ स्वर्ण र ४ रजतसहित टीम कोटेश्वर तृतीय भएको छ ।

द्वितीय र तृतीय टिमले क्रमश: ५० र २५ हजारसहित ट्रफी र मेडल प्राप्त गरे । प्रतियोगितामा बेष्ट प्लेयर पुरुषतर्फ बाराका सुदीप नेपाली र महिलातर्फ कोटेश्वरका सुस्मिता तामाङले हात पारिन । उनीहरुले जनही १०–१० हजार रुपैयाँ प्राप्त गरे । त्यस्तै बेष्ट रेफ्री सुरेन्द्र खड्की घोषित भए । उनले पनि रु. १० हजार प्राप्त गरे ।

प्रतियोगिताको अनुशासित टिमको उपाधि मारिया मोन्टेश्वरी बुटवलले हात पार्‍यो । प्रतियोगितामा एक हजार २ सय २ खेलाडी सहभागी थिए । प्रतियोतिता एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दोको नेपाल शाखाको आयोजनामा भएको थियो ।