कुर्सी बाँडेर मनाए अधिकारीले जन्मदिन

chair
लाेकपाटी न्यूज

पर्वत, २१ पुस । इनरह्वील क्लब अफ पर्वतद्वारा षट्कोण राधा माधव सत्सङ्ग आश्रमलाई ३० थान प्लाष्टिक कुर्सि प्रदान गरिएको छ ।
क्लबका अध्यक्ष इनरह्वील जमुना अधिकारी तथा रोटरी क्लब अफ पर्वतका पुर्व अध्यक्ष रोटरीयन गोपी अधिकारीको जन्मदिनमा सो सामग्री प्रदान गरिएको हो ।
गायत्री आमा समूहद्वारा कुश्मावजारमा निर्माणधिन आश्रम प्राङ्गणमा शुक्रबार आयोजित एक समारोहमा इनरह्वील इन्टरनेशनलकी सुनी जोशीले सो सामाग्री हस्तान्तरण गरेकी हुन् ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि जोशीले समाजमा शान्ति सुव्यवस्था कायम गर्न सनातन धर्मको महत्वपुर्ण भुमिका रहने बताउदैँ अरुलाई दुख नदिनु र अरुको दुखमा साथ दिनु नै वास्तविक मानव धर्म भएको बताइन् । दिनदुखीको सेवामा समर्पित रहने विश्वव्यापी संस्था इनरह्वीलले पनि मानव कल्याणका लागि गरिने कार्यमा सहयोग गर्ने बताउँदै उनले सो आश्रम निर्माणका लागि रु.पाँच हजार नगद सहयोग समेत प्रदान गरेकी छिन् ।

कार्यक्रममा रोटरी क्लब अफ पर्वतका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईले जन्म दिन पर्नु हुने अधिकारी दम्पतिलाई शुभकामना दिदैँ आफ्नो खुशीलाई परिवारभित्र सिमित नराखी समाजका लागि योगदान गर्न सह्रानीय भएको बताएका छन् । उनले रोटरी, इनरह्वीलको वास्तविक मर्म नै मानव सेवा भएको प्रष्ट पारेका छन् ।

कार्यक्रममा रोटरी डिष्ट्रिकका आईटी प्रमुख रोटरीयन शैलेन्द्र राजभण्डारी, रोटरी क्लब अफ पर्वतका अध्यक्ष रोटरीयन सावित्री खत्री क्षेत्री, पुर्व अध्यक्ष रोटरीयन गोपी अधिकारी, गायत्री आमा समूहका अध्यक्ष सीता के.सी.र आश्रम निर्माण समितिका सचिव रीता के.सी. लगायतले मावन जिवनका विविध पक्षहरुको चर्चा गर्दै सेवा नै धर्म बताएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्