जीवनमा कसरी सफल बन्ने ? (सफलताका १० सुत्र)

CHINA ALIBABA SINA
लाेकपाटी न्यूज

काठमाडौं । अनलाइन रिटेल कम्पनी अलिबाबाका चेयरम्यान ‘ज्याक मा’ एसियाका सबैभन्दा धनी व्यक्ति बनेका छन् । उनले ‘वाण्डा ग्रुप’का रुवाङ्ग जियानलिनलाई पछि पारे । ब्लूमबर्गको इण्डेक्सअनुसार ज्याकको सम्पत्ति २३ बिलियन डलर पुगेको छ ।

आउनुहोस्, उनका केही यस्ता भनाइबारे जानकारी दिँदैछौं । जसलाई फलो गरेर जो कोही पनि सफलताको शिखरमा पुग्न सक्छ । ज्याक माको अनुभवमा आधारित सफलताका १० सुत्र ।

१. सफलताका लागि धैर्यता निकै जरुरी छ ।

२. जिन्दगी निकै छोटो छ, र निकै सुन्दर पनि । कामप्रति धेरै गम्भीर नहुनुस् र जिन्दगीको मज्जा पनि लिनुस् ।

३. संसारमा पैसाको कुनै कमी छैन । कमी छ त केवल सपना देख्ने मानिसहरुको मात्र छ, यो यथार्थ बुझ्नुस् ।

४. वस्तुको मूल्यमा कहिल्यै प्रतिस्पर्धा नगर्नुस् । प्रतिस्पर्धा गर्नुस् त केवल सेवा र सिर्जनशीलतामा । यसले तपाईलाई सफल बनाउँछ ।

५. जब तपाईंले प्रयास नै गर्नुभएको छैन भने तपाईंलाई कसरी थाहा हुन्छ कि कुनै अवसर छ कि छैन भन्ने कुरा ? तसर्थ, प्रयास जारी राख्नुहोस् ।

६. म जो हुँ उही रहन्छु । तब मलाई खुसी र सफलता मिल्छ । त्यसैले आफू जो हो उही बन्ने प्रयास गर्नुस्, न कि कसैको कपिक्याट ।

७. तपाईंलाई संगतका लागि इमान्दार व्यक्ति चाहिएको छ, न कि सबैभन्दा इमान्दार ।

८. कहिल्यै हार नमान्नुस् । आज कठिन छ । भोलि अझै कठिन हुनेछ । तर, नआत्तिनुस् पर्सि अवश्य दिन आउनेछ ।

९. यदि तपाईंले हार मान्नुभएन भने तपाईंको अघि अर्को एउटा मौका हुनेछ । हार मान्नु नै असफलताको सबैभन्दा ठूलो कारण हो ।

१०. जहाँ गुनासो हुन्छ, त्यहीँ मौका पनि हुन्छ । मौका चिन्नुस् र अघि बढ्नुस् ।