स्कूल अफ बिजनेस एलुम्नाइको भेला

Bhela of PUSOB alumni
लाेकपाटी न्यूज

पोखरा, २१ पुस । पोखरा विश्वविद्यालयको केन्द्रीय आंगिक महाविद्यालय स्कूल अफ बिजनेसबाट अध्ययन पुरा गरेका भूतपुर्व विद्यार्थीहरुको भेला सम्पन्न भएको छ ।

शनिवार पोखराको व्हाइट हाउस पार्टी प्यालेसमा सम्पन्न भेलाले डा. चैतन्य अधिकारीको संयोजकत्वमा १३ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

उपाध्यक्षमा दिपमाला श्रेष्ठ, सचिवमा प्रदिप सापकोटा, सहसचिवमा संतोष शर्मा, कोषाध्यक्ष पुनम गिरी, सदस्यह?मा अमृत बास्तोला, शिखा गुरुङ्ग, मन्जु बराल, जीवन भण्डारी, सुवर्ण बीर जबरा, सुजिता अधिकारी, सुवास मल्ल, र ज्योति सुनार चयन भएका छन् । तदर्थ समितिले बिधान मस्यौदा उपसिमिति गठन गरेको छ ।

भेलालाई सम्बोधन गर्दै पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्राध्यापक हरिबहादुर खड्काले विश्वविद्यालयको समग्र विकासमा पूर्वविद्यार्थीहरुको विशिष्ट भूमिका हुनेमा जोड दिए ।

उक्त भेलामा स्कूल अफ बिजनेसका निर्देशक डा. रविन्द्र घिमिरे, पूर्व विद्यार्थीहरुको तर्फबाट डा. चैतन्य अधिकारी, उमेश आचार्य, अमृत बाम्स्तोला र पूनम गिरी लगायतले आफ्ना धारणा राखेका थिए ।