पश्चिम नवलपरासीमा नयाँ कृषि क्याम्पस

20190105_092539
लाेकपाटी न्यूज

नवलपरासी । पश्चिम नवलपरासीमा निजी क्षेत्रको पहलमा कृषि क्याम्पस सञ्चालनमा आएको छ । सुनवल नगरपालिका वडा नम्वर १२ भूमहीस्थित रामनगर टेक्निकल एण्ड मेनेजमेन्ट कलेजलाई कृषि क्याम्पस सञ्चालनका लागि कृषि तथा वन विज्ञान विश्व विद्यालयले सम्बन्धन दिएको हो ।

स्नातक तहको चार वर्षे कक्षा सञ्चालन गर्ने अनुमति पाएको उक्त क्याम्पसले पचास जना विद्यार्थीलाई अध्यापन गर्न पाउनेछन् । कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुरबाट प्रवेश परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुले चार वर्षे कोर्षका लागि एक लाख रुपैँया धरौटी फिर्ता हुने गरी कुल सात लाख रुपैँया खर्च हुने बताइएको छ ।

रामनगर टेक्निकल एण्ड मेनेजमेन्ट कलेज प्रदेश राजधानीको नजिक, पहाडी जिल्लालाई पायक पर्ने भएकाले विभिन्न जिल्लाहरुबाट विद्यार्थी पढ्न आउने अपेक्षा गरिएको अध्यक्ष न्यौपानेले बताए । विश्वविद्यालयकै समय तालिकाअनुसार कक्षा सञ्चालन हुने उक्त क्याम्पसमा भर्ना लिन शुरु गरिसकेको समेत अध्यक्ष न्यौपानेले जानकारी दिए ।

क्याम्पस सञ्चालनका लागि आवश्यक सवै पूर्वाधार तयार भएको क्यापसमा विद्यार्थीको लागि आवाससहितको सुविधा रहेको छ भने तीन जना प्राध्यापक पनि नियुक्त गरिएको र आंशिक प्राध्यापकहरु विश्वविद्यालयको समन्वयमाआउने क्याम्पसका निमित्त प्रमुख जनक अधिकारीले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्