अर्थ तथा विकास समितिको निष्कर्ष : तीन तहको सरकारबीच समन्वय आवश्यक

samiti ma pkr
लोकपाटी न्यूज
0 Shares

पोखरा, १५ वैशाख। गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले विश्वभर फैलिएको महामारी कोरोना भाइरस कोभिड-१९ नियन्त्रणको लागि तीन तहको सरकारबिच समन्वय हुन आवश्यक रहेको निष्कर्ष निकालेको छ। पोखरा नदिपुरस्थित समितिको कार्यालयमा आइतबार भएको छलफलमा बोल्दै समितिका सभापति दीपक कोइरालाले कोभिड-१९ नेपालमा रोकथाम र नियन्त्रणको लागि तीन तहको सरकारबिच अझै बढि समन्वयको आवश्यकता देखिएको बताए।

सभापति कोइरालाले गण्डकी प्रदेशको बजार अनुगमन टोलीसँग यस प्रदेशको बजारको अवस्था, मुल्यबृद्धिबारे छलफल गरे। अनुगमन टोलीका संयोजक गोकुल शर्मा पौडेलले गण्डकी प्रदेशमा अहिले कुनैपनि सामग्रीको अभाव नरहेको समितिलाई जानकारी दिए। पौडेलले लकडाउनको अबधीमा कास्की, स्याङ्जा, पर्वत तनहुँ लगायतका एक सयभन्दा बढि ठाउँमा अनुगमन गरिएको जानकारी दिए। टोलीले आपूर्तिलाई सहज बनाउने तर्फ अहिले जोड दिएको बताए।अनुगमन टोलीका सदस्य एवं उपभोक्ता मञ्च गण्डकीका संयोजक कपिलनाथ कोइरालाले कम्पनीबाटै केही सामानको मुल्यबृद्धि गरेर पठाएकोले आटा, खाने तेल,रातोदालमा केही मुल्य बढेको पाइएपनि सामानको अभाव भने नदेखिएको बताए। उनले औषधीको पनि गण्डकी प्रदेशमा अभाव नरहेको जानकारी दिए।

यसैबिच छलफलमा बोल्दै कास्कीका साहयक प्रमूख जिल्ला अधिकारी गुरुदत्त ढकालले कास्कीमा ग्याँस र खाद्यान्नमा अभाव नरहेको बताए। कालोबजारी गर्नेलाई कारबाही गर्ने बताउदै ढकालले कालोबजारी गर्ने तीनजनालाई कास्कीमा मुद्धाचलाएको बताए। जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत लिलाबल्ब न्यौपानेले तीनतहको सरकार विच राम्रो समन्वय भए अहिले देखिएका समस्याको समाधान हुने बताए।

तीनतहकै सरकारको एउटै निर्णय भए काम गर्न सहज हुने उनको भनाइ थियो। एक उदाहरण दिँदै न्यौपानेले चितवनबाट चल्ला ल्याउन प्रदेश र संघीय सरकारले छुट दिएको छ। कोत्रे आएपछि महानगरले प्रवेश दिँदैन चल्ला पुनः चितवन फर्काइ दिँदा किसानलाई नोक्सान भएको भन्दै तीन तहको सरकारबिच समन्वय हुनुपर्ने बताए।समितिका बजारमा चोक्करको मुल्य बढि लिएको, एलपी ग्याँसको मिति सकिएको ग्याँस सिलिन्डर बजारमा पाइएको लगायतका विषयमा पनि छलफल भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्