सुनचाँदी मूल्य घट्यो, कतिमा हुदैँछ कारोबार ?

Gold
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो।

योसँगै प्रतितोला छापावाला सुनको मूल्य ९९ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९९ हजार ४०० रुपैयाँ कायम भएको छ। बिहीबार पनि सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला सुन १ लाख ३०० रुपैयाँ र तेजाबी सुन ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ३७० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ३ सय ८० रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्