खाद्य संस्थान बाजुरामा चामल किन्नेको भीड

pic 2
लोकपाटी न्यूज
0 Shares

राजेन्द्र बिक/ बाजुरा, २६ जेठ। निषेधाज्ञाका बिचमा पनि खाद्य संस्थान बाजुरा शाखामा चामल किन्नेको भीड लागेको छ। नेपाल सरकारले लडकउनलाई मध्यनजर गरेर खाद्य संस्थानको चामल बिक्रिमा २० प्रतिशत छुट गरेपछि संस्थानमा भिड लाग्ने गरेको हो।

कोरोनाको कहरबाट बच्नका लागि सामाजिक दूरी कायम गर्नुपर्ने भएपनि सदरमुकाम मार्तडीमा रहेको खाद्य संस्थानको डिपोमा चामल किन्नेको भडीभाड हुने गरेको छ। संस्थानले प्रहरीको सुरक्षामा सामाजिक दूरी कायम गरेर चामल बिक्रि गर्ने बताएको भए पनि नागरिकले नमानेपछि भीडभाडमै चामल बिक्रि गरिएको हो।

खाद्य संस्थान बाजुरा शाखाका प्रमुख मेघराज ओझाका अनुसार सामाजिक दूरी कायम गर्न आग्रह गरिएको भएपनि धेरैको संख्यामा चामल किन्न आउने भएकाले व्यवस्थापन गर्न निकै समस्या भएको हो। प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले भने चामल बिक्रि गर्दा सामाजिक दरी र कायम गरेर मात्र दिन संस्थानलाइ भनिएको छ।

बिहान ७ बजे देखी ९ बजे सम्म चामल बिक्रि गर्ने गरेको संस्थानमा दैनिक ३ सय जना भन्दा बढि चालम किन्न आउने गरेका छन्। सरकारले देशभर खाद्य संस्थानको डिपोबाट लकडाउनलाई मध्य नजर गर्दै जेठ २३ गतेबाट चामल बिक्रि मूल्यमा २० प्रतिशत छुुट गरेको थियो। खाद्य संस्थान बाजुरा शाखा, कोल्टि शाखा र कवाडी बिक्रि केन्द्रमा २३ गतेबाट २० प्रतिशत छुुटमा चामल बिक्रि शुरु गरेको खाद्य संस्थान बाजुरा शाखाका प्रमुख मेघराज ओझाले बताए।

बडिमालिका नगरपालिका ९ का नर बहादुर बिकले सरकारले सहुलियत मूल्यमा चामल बिक्री गरेपछि स्थानीय बासिन्दा खुशी भएको बताए। मोटा चामल प्रतिकेजी ४५ रुपैयाँमा बिक्रि गर्ने संस्थानले अहिले प्रति केजी ३६ मा बाजुरामा बिक्रि गरिरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्