गृहमन्त्री अधिकारीको क्याबिनेटमा पाँचौ वरियता : बादल पत्नी नैनकलाको कति औं वरियता ?

khagaraj-naina_
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। केपी ओली नेतृत्वको सरकारमा गृहमन्त्री नियुक्त भएका खगराज अधिकारीको वरियता पाँचौ नम्बरमा रहेको छ। उनलाई सरकारको सिफारिसमा राष्ट्रपतिले बिहीबार गृहमन्त्रीमा नियुक्त गरेकी हुन्। कास्कीमा उनी ओलीका विश्वास पात्र मानिन्छन्।

२०१८ सालमा कास्कीमा जन्मिएका अधिकारीले २०३२ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए। प्रतिनिधि सभाको निर्वाचनमा उनी कास्की क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन्।

उनी २०५१ र ०५६ मा पनि प्रतिनिधि सभा सदस्य थिए। उनले स्नातकोत्तरसम्मको अध्ययन गरेका छन्। २०४६ देखि २०५२ सम्म नेकपा (माले) को सचिव रहेका अधिकारी २०६५ मा नेकपा ९एमाले० को अञ्चल इन्चार्ज भएका थिए।

२०४९ सालमा साविक बेगनास गाविस वडा नम्बर ५ को वडाध्यक्ष भएका अधिकारी २०७० फागुनदेखि २०७२ असोजसम्म स्वास्थ्य तथा जनसंख्यामन्त्री थिए। उनी राजनीतिक आन्दोलनका क्रममा ६ वर्ष जेल बसेका छन्।

यता पूर्वगृहमन्त्री रामशहादुर थापा बादलकी पत्नी नैनकला थापा सञ्चार तथा सूचनाप्रविधि मन्त्री नियुक्त भएकी हुन्। उनको ओली सरकारमा १४ औं नम्बरको वरियता रहेको छ।

नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री थापा यसअघि महिला आयोगको अध्यक्ष भइसकेकी छन्। त्यसअघि उनी शिक्षण पेशामा आवद्ध थिइन्। बाग्लुङमा जन्मिएकी थापाको २०४० सालमा पूर्वगृहमन्त्री रामबहादुर थापासँग विवाह भएको थियो।