‘डन’ किरण लामा पक्राउ

kiran lama pic
लाेकपाटी न्यूज
0 Shares

विराटनगर, १६ असार । लामो समयदेखि आपराधिक गतिविधिमा सक्रिय ‘डन’ किरण लामा पक्राउ परेका छन्।
सवारी ज्यानमुद्दामा फरार विराटनगरका ‘डन’ किरण लामालाई मोरङ प्रहरीले पक्राउ गरेको हो।

पुष्पलाल चोकमा लुकिछिपी बसिरहेका लामालाई आइतबार प्रहरीले पक्राउ गरेको हो। पर्शुराम बस्नेतको समूहमा रहेर आपराधिक गतिविधि गर्ने लामा सवार गाडीले शनिबार राति विराटनगर ४ बरगाछीमा मोटरसाइकललाई ठक्कर दिँदा शंकरकुमार मिश्रको मृत्यु भएको थियो।

लामा सवार बा२०च ७४० नम्बरको गाडीले को३प ५६३४ ठक्कर दिँदा मिश्रको घटनास्थलमै मृत्यु भएको थियो। एयरपोर्टमोडको एक होटलमा मदिरा सेवन गरेर गाडी चलाई आएका लामाले ठक्कर दिएर भागेको प्रहरीले जनाएको थियो।

उनलाई सवारी ज्यान मुद्दा अन्तर्गत हिरासतमा लिई कारवाही थालिएको मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए। लामा लामो समयदेखि आपराधिक गतिविधिमा सक्रिय रहेको प्रहरीको भनाइ छ। अपराध यात्रासँगै डान्स बार हुँदै होटल सञ्चालन गरिरहेका उनी ‘मिटर ब्याज’ लगानीमा सक्रिय छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्