‘दूध, अण्डा र मासुमा आत्मनिर्भर बनाउँछौं’ : राज्यमन्त्री चौधरी

Ramkumari Chaudhary
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २९ कात्तिक । कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री राम कुमारी चौधरीले पशुपंक्षी क्षेत्रमा विकासको कार्ययोजना तयार भएको र कार्यान्वयनमा द्रुत गतिमा अगाडि बढाइरहेको जनाएको छ ।

बिहीबार राजधानीमा  Nepal Animal science Association को आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै राज्यमन्त्री चौधरीले सो कुरा बताएकी हुन् । ईभस्टोक इनोभेसन परियोजनामार्फत पशुपंक्षी पालनमा गुणात्मक वृद्धि गर्न कृषकहरुलाई अनुदान दिने, बजार निर्माण गर्ने, मासु उद्योगहरुको स्थापना गर्ने र दूध, अण्डा र मासुमा आत्मनिर्भर बनाउने योजना रहेको राज्यमन्त्री चौधरीले बताइन् ।

देशभरका पशुपंक्षी तथा मत्स्य विकासमा कार्यरत विज्ञ, अनुसन्धानमा संलग्न वैज्ञानिक, प्राध्यापकहरुको सहभागिता रहेको कार्यक्रममा सबैलाई पशुजन्य उत्पादनमा वृद्धि गर्न र यसको औद्योगीकरणको लागि सहयोग गर्न आग्रह गरिन् ।

सामाजिक आर्थिक तथा वातावरणीय दिगोपनाको लागि पशुपंक्षी एव मत्स्य विकास मुलनाराका साथ सम्पन्न हुने आयोजक समितिका अध्यक्ष देवेन्द्र प्रसाद यादवले जानकारी गराए । कार्यक्रममा विज्ञहरुले कार्यपत्रसमेत पेश गरेका थिए ।

कार्यक्रममा सचिवद्वय युवकध्वज जिसी र प्रकाश माथेमाको समेत विशेष उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्