नेपाल मलेसियाविरुद्ध जित निकाल्ने लक्ष्यमा

लोकपाटी न्यूज
0 Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी ईस्टर्न रिजन पुरुष टि–ट्वान्टी कप क्रिकेटको पहिलो खेल मलेसियासँग खेल्दैछ । नेपाली टोलीले शनिबार पहिलो खेल मलेसियासँग खेल्न लागेको हो । पहिलो खेलमा सुखद नतिजा निकाल्ने लक्ष्य लिएको नेपालको खेल थाइल्यान्डको बैंककमा नेपाली समय अनुसार अपरान्ह १२ः१५ बजे सुरु हुनेछ ।

शनिबारको खेलमा नेपालले मलेसियाविरुद्ध सहज जित निकाल्ने लक्ष्य लिएको छ । नेपालले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य लिएको छ । प्रतियोगिताको सबै भन्दा बलियो टोलीको रुपमा रहेको नेपाल आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै राम्रो सुरूवात गर्ने लक्ष्यमा छ । उता मलेसिया पनि नेपाललाई प्रतियोगितामा मलेसिया पनि नेपाललाई हराएर सुखद सुरूवात गर्न चाहन्छ ।

नेपाल र मलेसियाको हाल सम्मको टि–ट्वान्टी खेलको नतिजा हेर्दा सात पटक प्रतिस्पर्धा भएको छ । जसमा नेपाल बलियो देखिएको छ । नेपालले ६ खेलमा जित हात पारेको छ । तर १ खेलमा मलेसियाले जितेको छ । सन् २००७ को कुवेतमा भएको एसीसी टि–ट्वान्टी कपमा नेपालले मलेसियासँग पहिलो पटक खेलेको थियो । सो खेलमा नेपालले २१ रनको जित निकालेको थियो ।

प्रतियोगितामा नेपाल र मलेसियासहित थाइल्यान्ड, सिंगापुर र हङकङले प्रतिस्पर्धा गर्ने छन् । राउण्ड रोबिन आधारमा चल्ने प्रतियोगिताको शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्