पत्रकार अजयबाबू शिवाकाेटीकाे जीवन रक्षा हाेस् : प्रेस यूनियन

Ajaybabu
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १६ असोज। नेपाल प्रेस युनियन केन्द्रीय सचिवालयले युनियनका महासचिव अजयबाबू शिवाकोटीमाथि सुरक्षा चुनौति देखिएकोभन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

हाम्राकुरा डटकम अनलाइन पोर्टलमा प्रसारित ‘सभामूख कृष्णबहादुर महराद्वारा संघीय संसद सचिवालयका एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको’ भन्ने समाचारको विषयलाई लिएर सो अनलाइनका प्रधान सम्पादक एवं नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीमाथि सुरक्षा चुनौती देखिएको सम्बन्धमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको जनाएको हो।

नेपाल प्रेस युनियनको केन्द्रीय सचिवालयको आज बसेको आकस्मीक बैठकले युनियनका महासचिव शिवाकोटीलाई नम्बर नखुलेका फोनहरु आउने क्रम शुरु भएको र समाचार सार्वजनिक भएकै दिनदेखि केही समूहले पछ्याउने तथा निगरानी गर्दै आएकोभन्दै गम्भिर आपत्ति प्रकट गरेको छ।

नेपालको संविधानले व्यवस्था गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हक बमोजिम स्वतन्त्र, निश्पक्ष र भयरहित वातावरणमा समाचार प्रकाशन तथा प्रसारण गर्न पाउने मौलिक हकको प्रत्याभूति गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदछौं विज्ञप्तिमा उल्लेख गरिएको छ। प्रेस माथिको धम्की र गैरजिम्मेवार चरित्र प्रर्दशन जारी रहे नेपाल प्रेस युनियन कडा आन्दोलनमा उत्रने चेतावनीसमेत दिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्