पुस्तक अध्ययनमा केन्द्रित हुँदै महरा

Krishna-Mahara
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं। संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका पूर्व सभामुख कृष्णबहादुर महराको दिनचर्या फेरिएको छ। जेलभित्र महराले पार्टीका नेता तथा कार्यकर्ताहरुसँग भेटवार्ता पनि गरेका छैनन्।

बरु, उनी पुस्तक अध्ययनमा जुटेका छन्। स्रोतका अनुसार महराले इतिहाससम्बन्धी पुस्तकहरु मगाएका छन्। श्वासप्रश्वास र उच्च रक्तचापका रोगी महराले हिरासतको दैनिकीलाई अध्ययनमार्फत् बिताउने ईच्छा देखाएको बताइन्छ। व्यस्त राजनीतिक गतिविधिका कारण गहन विषयमा पढ्न नपाएका महराले इतिहास, दर्शन र समाजशास्त्रीय अध्ययनमा रुचि देखाएका हुन्।

महराको स्वास्थ्यमा समस्या देखिएपछि उनी नर्भिक अस्पतालमा भर्ना भएका छन्। स्वास्थ्यका कारण उनको अध्ययन प्रभावित भएको छ। उनी सुगर र प्रेसरका रोगी छन्। पहिलादेखि नै सामान्य बिरामी महरा पक्राउ परेपछि थप अप्ठ्यारो महसुस गरेका थिए। महराको स्वास्थ्यमा सुधार नआउँदासम्म उनी अस्पतालमै रहनेछन्। त्यतिञ्जेल उनको अध्ययन प्रभावित हुनेछ।

बलत्कार प्रयासको अभियोग लागेका निवर्तमान सभामूख महरा पहिलेदेखि नै अध्ययनशील नेता मानिन्छन्। तर, पछिल्लो समय राजकीय जिम्मेवारीका कारण उनले गहिरो अध्ययनका लागि समय दिन सकेका छैनन्। अस्पतालबाट हिरासतमा फर्केपछि उनले अध्ययनलाई निरन्तरता दिने स्रोत बताउँछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्