बंगाली अभिनेत्री सोनाली चक्रवर्तीको निधन

sonali-f
लोकपाटी न्यूज
5 Shares

एजेन्सी। बंगाली अभिनेत्री सोनाली चक्रवर्तीको निधन भएको छ। अभिनेत्री सोनालीको सोमबार अर्थात् ३१ अक्टोबर बिहान निधन भएको छ। कोलकाताको एक अस्पतालमा ५९ वर्षको उमेरमा सोनालीको निधन भएको हो। उनको अन्तिम संस्कार केभाडा तालाको शवदाह गृहमा गरिएको छ।

भारतीय सञ्चार माध्यमका अनुसार सोनाली बिरामी भए पनि काम गरिरहेकी थिइन्। यसपटक पनि काली पूजामा सहभागी भएकी थिइन्। उनी कलेजोको क्यान्सरबाट पीडित थिइन् र त्यही कारण उनको निधन भएको हो। सोनाली बंगालकी चर्चित अभिनेत्री हुन्। आफ्नो लामो करियरमा उनले धेरै टिभी सिरियल र चलचित्रमा पनि काम गरेकी थिइन्।