भेनेजुयला प्रकरण : कांग्रेस अमेरिकाको पक्षमा

Nepal Congress
लाेकपाटी न्यूज
0 Shares

काठमाडौँ, २० माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नेपालको खासै कुनै उल्लेखनीय सम्बन्ध नरहेको देश भेनेजुयलाको राजनीतिक घटना क्रममा सत्तारुढ पार्टीका अध्यक्ष र सरकारको विज्ञप्ति अपरिपक्व रहेको जनाएको छ ।

काङ्ग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा काङ्ग्रेस संसदीय दलको आज बसेको बैठकले सरकारको उक्त कार्यप्रति आपत्ति प्रकट गरेको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।

काङ्ग्रेसले नेपालको विकासका लागि झण्डै ६५ वर्षभन्दा लामो समयदेखि नियमित आर्थिक सहयोग पुर्याउँदै आएको पुरानो र भरपर्दो मित्र संयुक्त राज्य अमेरिकाले आज पनि मुलुकको भौतिक र सामाजिक पूर्वाधार निर्माणका क्षेत्रमा उल्लेखनीय सहयोग पुर्याइरहेको जनाएको छ ।

बैठकले तत्कालीन देउवा सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश र वर्तमान सरकारले प्रा.डा. गोविन्द केसीसँग सम्झौता गरेबमोजिम त्यससम्बन्धी विधेयक सच्याउन निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्