महन्थ ठाकुर आत्मालोचना गर्न तयार भए पार्टीमा ठाउँ दिन्छौं : उपेन्द्र यादव

Upendra Yadav
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरले सार्वजनिक रुपमा आत्मालोचना गरे पार्टीमा ठाउँ दिइने बताएका छन्। सोमबार निर्वाचन आयोगले जसपा विवादबारे निर्णय सुनाउन लागेका बेला यादवले सार्वजनिक रुपमा आत्मालोचना गरे ठाकुर पक्षलाई ठाउँ दिइने बताएका हुन्।

विगतका गलत प्रवृत्तिलाई सच्याउँदै ठाकुर आत्मालोचना गर्न तयार भए उनलाई फेरि पार्टीमा समेट्न सकिने उनको भनाइ थियो। सोमबार निर्वाचन आयोगले बहुमतका आधारमा पार्टीको आधिकारिकता कसलाई दिने भन्नेबारे निर्णय गर्ने बताइएको छ। अहिले आयोगमा सनाखतको काम भइरहेको पनि यादवले बताएका छन्।

५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा अहिलेसम्म आफ्नो पक्षमा २४ जनाले हस्ताक्षर गरिसकेको पनि उनले बताए। कारागारमा रहेका रेशम चौधरीलाई पनि सनाखतका लागि ल्याउने व्यवस्था गरिएको उनको भनाइ छ।
यादवपक्षमा केन्द्रीय कार्यकारिणी समितिका ३५ जना रहेको दाबी गरिएको छ।

तीमध्ये १८ जना प्रतिनिधिसभा र २ जना राष्ट्रिय सभाका सांसद छन्। अमृतादेवी अग्रहरि, राजकिशोर यादव, मनिश सुमन, गोविन्द चौधरी र रेशमलाल चौधरी आज उपेन्द्र यादव पक्षमा आएको दाबी गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्