माओवादी अध्यक्ष प्रचण्ड र एमाले बरिष्ठ नेता नेपालबीच छलफल

लोकपाटी न्यूज
0 Shares

काठमाडौँ। विपक्षी गठबन्धनको बैठक सकिएलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधवकुमार नेपालबीच छलफल सुरु भएको छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको विपक्षी दलहरूको बैठकलगत्तै अध्यक्ष दाहाल र नेता नेपाल छलफलमा बसेका हुन्। छलफलमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, दिनानाथ शर्मा र एमाले नेता भीम रावल पनि सहभागी छन्।

विपक्षी दलको बैठकले राष्ट्रपति- प्रधानमन्त्रीको कदमविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरिसकेको छ। त्यसका लागि उनीहरूले आइतबार सर्वोच्च अदालत जाने तयारी पनि गरेका छन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरी कात्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि निर्वाचनको घोषणा गरेकी छन्। तर, राष्ट्रपति र प्रधानमन्त्रीको उक्त कदम असंवैधानिक भएको भन्दै चौतर्फी विरोध भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्