राखेप उपाध्यक्ष कोइराला टोकियो ओलम्पिकमा नजाने

Shiva-Koirala-Jwala pic
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)  का उपाध्यक्ष शिव कोइराला टोकियो ओलम्पिकमा सहभागी नहुने भएका छन्। कोइरालाले प्रेस विज्ञप्तीमार्फत् गर्दै आफू टोकियो ओलम्पिक नजाने जानकारी गराएका हुन्।

कोइरालाले बुधबार विज्ञप्ति जारी गर्दै व्यक्तिगत कारणले गर्दा आफू सहभागी हुन नसक्ने उल्लेख गरेका छन्। टोकियो ओलम्पिकमा भाग लिनका लागि शुक्रबार मात्रै १० सदस्यीय टोली त्यसतर्फ गएको थियो। आफू नजाँदा टोलीमा कुनै असर नपर्ने कोइरालाले विज्ञप्तिमा उल्लेख गरेका छन्।

कोइरालाले भने, ‘को कसरी जाने भन्ने विषयमा हामी कहाँ प्रणाली छैन। यो समयमा म नभएर टोलीको सफलतामा असर पर्ने देखिन्न।सरकारी बजेटमा नजाउ भन्ने लाग्यो।’

कुनै बैठक र छलफलबाट आफ्नो नाम सिफारिस नभएको बताउदै कोइरानाले विज्ञप्तीमार्फत् नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठलाई धन्यवाद दिए। उनले आफूलाई टोकियो ओलम्पिकमा एथलेटिक्सको व्यवस्थापक बनाइएको भन्नेबारे आफूलाई जानकारी नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

एनओसीले कोइराला र राखेपका पूर्वउपाध्यक्ष समेत रहेका एनओसीको सहायक महासचिव पिताम्बर तिम्सिनालाई एथलेटिक्सको व्यस्थापक बनाएको जानकारी दिएको थियो। ५ खेलाडी ४ प्रशिक्षकसहित २६ सदस्यीय टोली टोकियो ओलम्पिकमा सहभागि हुने भनिए पनि उक्त टोलीमा एक जना घटेका छन्।

shiva-koirala

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्