लत्रिएको तारबाट करेन्ट लागेर एकको मृत्यु

karent pic
लोकपाटी न्यूज
5 Shares

बागलुङ। बागलुङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। बागलुङको निसीखोला दोस्रो लघु जलविद्युत आयोजनाको लत्रिएको तारबाट करेन्ट लागेर निसीखोला गाउँपालिका–३ ढुवाखोर काउलेका ६२ वर्षीय भोजविर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको हो।

घर फर्किँदै गरेका नेपालीलाई करेन्ट लागेपछि उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। विद्युत् आयोजनाको लापरवाहीका कारण नेपालीको मृत्यु भएको स्थानीयले आरोप लगाएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्