विष्णु पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री निश्चित

लोकपाटी न्यूज
7 Shares

काठमाडौं। नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेलसहित ४ जना सरकारमा जाने भएका छन्। एमालेले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा मन्त्रीहरू पठाउने भएको हो।

पौडेललाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीको जिम्मेवारी दिइने भएको छ। यस्तै दामोदर भण्डारी, ज्वाला साह र राजेन्द्र राईलाई मन्त्री बनाउने एमालेको तयारी छ। उनीहरूको सम्भवतः आजै शपथ ग्रहण हुनेछ।

केही बेरपछि नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शपथ लिँदैछन्। राष्ट्रपति कार्यालय शीतल निवासमा हुने शपथ कार्यक्रममा सत्ता गठबन्धनबाट सिफारिसमा परेका अन्य उपप्रधानमन्त्री तथा मन्त्रीहरूले शपथ दिने जनाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्