स्याङ्जा काठमाडौं जनसम्पर्क मञ्चले भन्यो- ‘कालीगण्डकी डाइभर्सनको शसक्तरुपमा प्रतिरोध गरौं’

kaligandaki
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। स्याङ्जा काठमाडौं जनसम्र्पक मञ्चले कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनाको कार्यालय खुलेपछि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सोमबार मञ्चले एक विज्ञप्ति जारी गर्दै उक्त आयोजना उद्घाटनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। उपप्रधान तथा अर्थमन्त्री पौडेलले शनिबार बुटवलमा आयोजना कार्यालयको उद्घाटन गरेका थिए।

मञ्चले उक्त आयोजना राम्दीदेखि देवघासम्मका जनताको भावना विपरीत रहेको जनाएको छ। मञ्चद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘यस क्षेत्रका कयांै पानीका मुहानको स्रोत,जलचर जिवजन्तुका बासस्थान कालीगण्डकीलाई विकासका नाममा दैत्यकार गर्ने परियोजना बनाउने र जनताको भुगोल, संस्कृती, सभ्यता माथिको खेलबाड गर्ने कार्यको स्याङ्गजा–काठमाडौं जनसम्पर्क मञ्च कडा रुपमा विरोध गर्दछौं।’

‘प्राकृतीक रुपमा बगिरहेको नदिको बहाव बदल्न खोज्नु प्राकृतिक न्यायको सिद्धान्तविपरीत र वातावरणीय एंव सांकृतिक दृष्टिले पनि अन्यायपूर्ण छ। विज्ञप्तिमा भनिएको छ,‘रुपन्देही र कपिलबस्तुमा सिंचाइको सुविधा उपल्बध गराउने बाहानामा पाल्पा, स्याङ्गजा, नवलपुर, तनहुँका बस्ती नै विस्थापन गर्नु अन्यायपूर्ण कार्य हो। कालिगण्डकी यस क्षेत्रका बासिन्दाको संस्कृति हो, सभ्यता भएको हो।’

साथै मञ्चले सम्पर्ण कालिगण्डकी उपत्यकाबासीलाई जनविरोधि हर्कतका विरुद्ध शसक्तरुपमा प्रतिरोध गर्न विज्ञप्तिमार्फत् अपिल समेत गरेको छ।

 

1

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्