लकडाउन कार्यान्वयन गर्न कर्णाली सरकार लागि परेको छ : मन्त्री भण्डारी

उपेन्द्र न्यौपाने/ १७ चैत। प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णाली लकडाउन घोषणा गर्दै कोरानाविरुद्ध जुधिरहेको बताएका छन्। उनले लकडाउनको प्रभावकारी कार्यान्वयनमा कर्णाली प्रदेश सरकार डटिरहेको बताएका हुन्। कर्णाली…

विपन्नलाई खाद्य व्यवस्था गर्नुहोस् : सर्वोच्च अदालत

काठमाडौं, १७ चैत। अति विपन्न दैनिक ज्याला मजदूरी गरी जीवन निर्वाह गर्ने नागरिकको पहिचान गरी राज्यको संयन्त्रबाटै राहत उपलब्ध गराउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ। न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासले कोरोनाको कारण नेपालमा पनि…

‘अब कोरोना परीक्षणको रिपोर्ट एक घण्टामै आउँछ’

काठमाडौं, १७ चैत। नयाँ मेसिनबाट अब एक घण्टामै कोरोना परीक्षणको रिपोर्ट आउँने भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले चीनबाट ल्याइएका पीसीआर मेसिनको प्रयोगबाट १ घण्टामै कोरोना जाँचको नतिजा निकाल्न सकिने जनाएको हो। स्वास्थ्य तथा जनसंख्या…

भरतपुर कोरोना अस्पतालले एघार जनाको स्वाब परिक्षण गर्न पठायो काठमाडौं

चितवन, १७ चैत। भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालबाट सोमबार कोरोना परीक्षणका लागि ११ जनाको नमुना (स्वाब) काठमाडौं पठाइएको छ। कोरोना आशंका गरिएका बिरामीको स्वाब संकलन गरी सोमबार नै काठमाडौं पठाइएको अस्पतालका प्रवक्ता डा.भोजराज अधिकारीले…

अष्ट्रेलियामा ८ नेपाली विद्यार्थीलाई कोरोना भाइरस

काठमाडौं। अष्ट्रेलियामा अध्ययनरत ८ जना नेपाली विद्यार्थीलाई कोरोना भाइरस संक्रमण भएको भएको छ। अस्ट्रेलियाको क्यानबेरास्थित नेपाली दूतावालेका अनुसार अष्ट्रेलियाको न्यूसाउथ वेल्समा ४, भिक्टोरियामा ३ र तस्मानियामा १ जना नेपाली विद्यार्थी…

एकै घरका पाँच जनालाई ज्वरो आएपछि अस्पताल भर्ना

सल्यान, १७ चैत। सल्यानको वनगाड कुपिण्डे नगरपालिका १२ निगालचुला माझखर्कमा एकै घरका पाँच जना बिरामी भएपछि अस्पताल भर्ना भएका छन्। कोरोनासँंग मिल्दोजुल्दो लक्षण देखापरेपछि जिल्ला अस्पतालमा भर्ना गरिएको हो। लक्षण देखापरेपछि बिरामी भएको ६ दिनपछि…

सहकारीका एम्बुलेन्स तयारी हालतमा राख्न मन्त्री अर्यालको निर्देशन

काठमाडौं, १७ चैत । विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाइरसको संक्रमणका कारण नेपाल एक सातादेखि लकडाउनको अवस्थामा छ। यसै सन्दर्भमा कोभिड-१९ को संक्रमणबाट मानव जीवन रक्षाका लागि भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी…

राष्ट्रिय एकता कायम गरेर कोरोनाविरुद्ध जुटौं : नेकपा नुवाकोट

काठमाडौं, १७ चैत। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला संगठन कमिटी नुवाकोटले सरकारले घोषणा गरेको लकडाउनको पूर्ण पालना गर्न आग्रह गरेको छ। विदेशबाट आउने सबैले चेक जाँच गरी अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्न समेत अपिल गरेको छ। यतिबेला,…

खैरहनीका वडा नम्बर १२ र १३ मा कीटनाशक औषधि छर्किँदै

चितवन, १७ चैत। खैरहनी नगरपालिकाको वडा नम्बर १२ र १३ मा (डिस्इन्फेक्सन स्प्रे) कीटनाशक औषधि छर्किदै छ। कुमरोज मध्यवर्ती सामुदायिक वन खैरहनी नगरपालिका वडा नम्बर १२ र १३ को आयोजनामा आइतबारदेखि कीटनासक औषधि वडा भरी छर्किन सुरु गरिएको हो।…

संयम रहेर कोरोना नियन्त्रणमा सघाउनुहोस् : विद्या भट्टराई

पोखरा, १७ चैत। सांसद विद्या भट्टराईले कोरोना भाइरस कोभिड-१९ को रोकथाम र नियन्त्रणमा विभिन्न तहका सरकारले अघि सारेका काममा सहयोग गर्न नागरिकहरुमा अपिल गरेकी छिन्। कोरोनाले सबैलाई निकै त्रसित र भयभित बनाएको अबस्थामा संयम रहन सांसद भट्टराईले…