हाम्रो टीम

लोकपाटी मिडिया प्रा.लि.ले अनलाइन पोर्टल www.lokpati.com को सञ्चालन, सम्पादन, व्यवस्थापन, सल्लाहकार र स्तम्भकार टीम यस प्रकार रहेको छ ।

मनहरि तिमिल्सिना

मनहरि तिमिल्सिना

अध्यक्ष एवं प्रधान सम्पादक

विगत २१ वर्षदेखि पत्रकारिता एवं सामाजिक क्षेत्रमा क्रियाशील तिमिल्सिना प्रधानमन्त्रीका पूर्व प्रेस संयोजक हुनुहुन्छ । उहाँले गण्डकी मिडिया हाउसको प्रबन्ध एवं सम्पादक, गण्डकी खबर दैनिकको सम्पादक, स्वाभिमान साप्ताहिकको सम्पादक, उज्यालो नेपाल अनलाइनको प्रधान सम्पादक, जनसांस्कृतिक महासंघ नेपालको केन्द्रीय महासचिव भएर काम गरिसक्नुभएको छ । मिडिया र लेखनका क्षेत्रमा क्रियाशील तिमिल्सिना विगत २ वर्षदेखि लोकपाटी मिडियाको अध्यक्ष एवं प्रधान सम्पादक हुनुहुन्छ ।

ईमेल: [email protected]

इन्द्रराज भट्टराई

इन्द्रराज भट्टराई

सम्पादक

शैक्षिक तथा सामाजिक जीवनका विविध क्षेत्रमा कलम चलाउँदै आउनुभएका भट्टराई मानव बेचबिखनविरुद्धको अभियान आफन्त नेपालको कार्यकारी निर्देशक हुनुहुन्छ । उहाँ पूर्व क्याम्पस प्रमूख, एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय उपाध्यक्ष एवं संस्थागत विद्यालय शिक्षक यूनियनको केन्द्रीय सल्लाहकार समितिको संयोजक रहेर काम गर्दै आउनुभएको छ । भट्टराई लोकपाटी डटकमको सम्पादक हुनुहुन्छ ।

ईमेल: [email protected]

जनार्दनबाबु कट्टेल

जनार्दनबाबु कट्टेल

प्रबन्ध निर्देशक

कृषि विकास बैंक लिमिटेडको अधिकृत सातौं तहमा रहेर सेवा निवृत्त हुनुभएका कट्टेल वित्त क्षेत्र तथा सहकारी गतिविधिमा सक्रिय भई समाजसेवामा क्रियाशील हुनुहुन्छ । उहाँ कृषि विकास बैंक नेपाल राष्ट्रिय कर्मचारी संगठनको केन्द्रीय अध्यक्ष हुँदै नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय महासचिव भएर काम गरी सक्नुभएको छ । कट्टेल लोकपाटी डटकमको प्रबन्ध निर्देशक हुनुहुन्छ ।

ईमेल: [email protected]

श्रीमन्त भट्टराई

श्रीमन्त भट्टराई

कार्यकारी सम्पादक

शैक्षिक रुपान्तरण र शिक्षालाई आम नागरिकको अधिकारसँग जोडेर शैक्षिक अभियान चलाउँदै आउनुभएका भट्टराईले फ्रन्ट लाइन लगायतका सञ्चार माध्यममा रहेर काम गरिसक्नुभएको छ । उहाँ बृहत राष्ट्रिय शिक्षा अभियानको सहसंयोजकको जिम्मेवारीमा रहेर शिक्षाको रुपान्तरणका क्षेत्रमा काम गर्दै आउनुभएको छ । भट्टराई लोकपाटी डटकमको कार्यकारी सम्पादक हुनुहुन्छ ।

ईमेल: [email protected]

प्रा.डा. शोभाकान्त लामिछाने

प्रा.डा. शोभाकान्त लामिछाने

सल्लाहकार/ स्तम्भकार

विगत तीन दशकदेखि विज्ञान प्रविधिको क्षेत्रमा प्राध्यापन गर्दै आउनुभएका लामिछाने त्रिभूवन विश्वविद्यालयको प्राध्यापक हुनुहुन्छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को कार्यकारी निर्देशक भएर काम गरिसक्नुभएका लामिछाने नानो–प्रविधिमा विद्यावारिधि गर्नुभएको छ । उहाँ लोकपाटी डटकमको सल्लाहकार एवं स्तम्भकार हुनुहुन्छ ।

ईमेल: [email protected]

डा. ऋषिराज अधिकारी

डा. ऋषिराज अधिकारी

सल्लाहकार/ स्तम्भकार

अन्तर्राष्ट्रिय कुटनीतिका ज्ञाता डा. अधिकारी मलेसियाका लागि नेपालका पूर्वराजदूत एवं प्रधानमन्त्रीका पूर्व परराष्ट्र मामिला सल्लाहकार भएर काम गरिसक्नुभएको छ । उहाँ अन्तर्राष्ट्रिय कुटनीतिका विभिन्न फोरमहरुमा रहेर क्रियाशील रहँदै आउनुभएको छ । अधिकारी लोकपाटी डटकमका सल्लाहकार एवं स्तम्भकार हुनुहुन्छ ।

ईमेल: [email protected]

डा. प्रेम आले

डा. प्रेम आले

सल्लाहकार/ स्तम्भकार

ब्रिटिस गोर्खा रेजिमेन्टका अवकाशप्राप्त मेजर आले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा अन्तर्राष्ट्रिय सम्बन्ध र सुरक्षाका विषयमा लेख्नुहुन्छ । उहाँ गैरआवासीय नेपाली संघ यू्केका उपाध्यक्ष तथा गोर्खा समन्वय समितिका संयोजक हुनुहुन्छ । आले लोकपाटी डटकमका सल्लाहकार एवं स्तम्भकार हुनुहुन्छ ।

ईमेल: [email protected]

डा. निमानन्द रिजाल

डा. निमानन्द रिजाल

सल्लाहकार/ स्तम्भकार

विगत तीन दशकदेखि प्राध्यापनको क्षेत्रमा क्रियाशील रिजाल पूर्व क्याम्पस प्रमूख, लेखक एवं चिन्तक हुनुहुन्छ । उहाँ प्रधानमन्त्रीको नेतृत्वमा रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको कार्यकारी सदस्य भएर काम गरिरहनुभएको छ । शिक्षा, राजनीति, अर्थतन्त्र र साहित्यमा नियमित रुपमा कलम चलाउने रिजाल लोकपाटी डटकमको सल्लाहकार एवं स्तम्भकार हुनुहुन्छ ।

ईमेल: [email protected]

डा. रामचन्द्र अधिकारी

डा. रामचन्द्र अधिकारी

सल्लाहकार/ स्तम्भकार

अधिकारी नेपाल कृषि अनुसन्धान परिषदको योजना तथा कार्यक्रम महाशाखाका निर्देशक हुनुहुन्छ । कृषि विज्ञका रुपमा कृषिको आधुनिकीकरण र यान्त्रिकीकरणका क्षेत्रमा काम गर्दै र कलम चलाउँदै आउनुभएका अधिकारी लोकपाटी डटकमका सल्लाहकार एवं स्तम्भकार हुनुहुन्छ ।

ईमेल: [email protected]

डा. भीमलाल गौतम

डा. भीमलाल गौतम

सल्लाहकार/ स्तम्भकार

भाषा विज्ञानमा विद्यावारिधि गर्नुभएका गौतम त्रिभूवन विश्वविद्यालयका उपप्राध्यापक हुनुहुन्छ । उहाँले एशोसिएसन अफ ल्याङ्गवेज अवार्नेसका दक्षिण एसियाली प्रतिनिधिका रुपमा रहेर भाषा विज्ञान र शिक्षाका क्षेत्रमा काम गर्दै आउनुभएको छ । भाषा विज्ञान, शिक्षा, राजनीति र सामयिक विषयमा कलम चलाउँदै आउनुभएका गौतम लोकपाटी डटकमको सल्लाहकार एवं स्तम्भकार हुनुहुन्छ ।

ईमेल: [email protected]

विनोदखण्ड तिमिल्सेना

विनोदखण्ड तिमिल्सेना

सल्लाहकार/ स्तम्भकार

अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीतिमा विद्यावारिधिरत तिमिल्सेना प्राध्यापन र मानव अधिकारको क्षेत्रमा सक्रिय हुनुहुन्छ । सप्तगण्डकी क्याम्पसको उपप्राध्यापक, काहुराष्ट नेपालको सचिव, नेपाल बुद्धिजीवी संगठन लगायत विविध सामाजिक एवं बौद्धिक क्षेत्रमा क्रियाशील उहाँ लोकपाटी डटकमको संस्थापक सम्पादक हुनुहुन्छ । हाल उहाँ लोकपाटी डटकमको सल्लाहकार एवं स्तम्भकार हुनुहुन्छ ।

ईमेल: [email protected]

शिव कोइराला ‘ज्वाला’

शिव कोइराला ‘ज्वाला’

सल्लाहकार

खेलकूद जगतमा स्थापित कोइराला राष्ट्रिय खेलकूद परिषदका उपाध्यक्ष र राष्ट्रिय तेक्वान्दो संघका केन्द्रीय अध्यक्ष हुनुहुन्छ । १३ औं दक्षिण एसियाली खेलकूद (साग) प्रतियोगितामा प्रचार विभाग प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका उहाँ लोकपाटी डटकमको सल्लाहकार हुनुहुन्छ ।

ईमेल: [email protected]

 

रहवर अन्सारी

रहवर अन्सारी

सल्लाहकार/ स्तम्भकार

राजनीतिक, शैक्षिक एवं सामाजिक क्षेत्रमा स्थापित व्यक्तित्व अन्सारी बौद्धिक युवा नेता हुनुहुन्छ । शिक्षाप्रेमी एवं सामाजिक अभियान्ता उहाँ नेकपाको वीरगञ्ज महानगरपालिकाको अध्यक्ष हुनुन्छ । अन्सारी लोकपाटी डटकमको सल्लाहकार एवं स्तम्भकार हुनुहुन्छ ।

ईमेल: [email protected]

धर्मराज खतिवडा

धर्मराज खतिवडा

सल्लाहकार

अष्ट्रियामा रहनुभएका खतिवडा सामाजिक एवं शैक्षिक क्षेत्रमा क्रियाशील हुनुहुन्छ । बौद्धिक गतिविधिमा सक्रिय उहाँ गैरआवासीय नेपाल संघ (एनआरएन) अष्ट्रियाको पूर्वअध्यक्ष हुनुहुन्छ । हाल खतिवडा लोकपाटी डटकमको सल्लाहकार हुनुहुन्छ ।

ईमेल: [email protected]

रामचन्द्र शर्मा

रामचन्द्र शर्मा

स्तम्भकार

व्यवसायिक, राजनीतिक, आर्थिक एवं सामाजिक क्षेत्रमा कलम चलाउने शर्मा युवा पर्यटन व्यवसायी हुनुहुन्छ । बन्दीपुर केवुलकार टुर्स एण्ड ट्राभल्सका अध्यक्ष रहनुभएका उहाँ राष्ट्रिय पर्यटन प्रवद्र्धनका लागि सक्रिय हुनुहुन्छ । शर्मा लोकपाटी डटकमको स्तम्भकार हुनुहुन्छ ।

ईमेल: [email protected]

मनिरत्न श्रेष्ठ

मनिरत्न श्रेष्ठ

सल्लाहकार/ स्तम्भकार

नेपाल राष्ट्रिय कर्मचारी महासंघका संस्थापक वरिष्ठ उपाध्यक्ष श्रेष्ठ राष्ट्रिय वाणिज्य बैंकबाट सेवा निवृत्त कर्मचारी हुनुहुन्छ । अध्ययन, लेखन र सामाजिक गतिविधिमा सक्रिय उहाँ लोकपाटी डटकमको सल्लाहकार एवं स्तम्भकार हुनुहुन्छ ।

ईमेल: [email protected]

टेक प्रसाद कट्टेल

टेक प्रसाद कट्टेल

कानुनी सल्लाहकार

कानुन व्यवसायी कट्टेल विभिन्न शैक्षिक, सामाजिक एवं व्यवसायिक प्रतिष्ठानहरुमा कानुनी सल्लाहकार हुनुहुन्छ । पत्रकारिता, नेपाली भाषा साहित्य र सामाजिक गतिविधिमा सक्रिय उहाँ लोकपाटी मिडिया प्रा.लि.को कानुनी सल्लाहकार हुनुहुन्छ ।

ईमेल: [email protected]

टीकाराम कार्की

टीकाराम कार्की

लेखापरीक्षक

नेपाल चार्टर्ड एकाउण्टेन्स संघ (एक्यान) का कार्यकारी सदस्य कार्की उद्यमी, पेशेवर ट्रेनर र चार्टर्ड एकाउन्टेन्ट हुनुहुन्छ । उहाँ लोकपाटी मिडिया प्रा.लि.को लेखापरीक्षक हुनुहुन्छ ।

ईमेल: [email protected]

नवीन पोखरेल

नवीन पोखरेल

अंग्रेजी संस्करण प्रमुख

विज्ञान, प्रविधि, स्वास्थ्य र शिक्षा क्षेत्रमा क्रियाशील पोखरेल लोकपाटीको पूर्वसम्पादक एवं शहीद सन्तति फाउण्डेशनको अध्यक्ष हुनुहुन्छ । विज्ञान विषयमा प्राध्यापन गर्नुहुने उहाँ हाल लोकपाटी डटकमको अंग्रेजी संस्करण प्रमुख हुनुहुन्छ ।

ईमेल: [email protected]

सुजिता हमाल

सुजिता हमाल

डेस्क सम्वाददाता

विगत सात वर्षदेखि पत्रकारिताको क्षेत्रमा रहेर सामाजिक एवं शैक्षिक मुद्दामा कलम चलाउँदै आउनुभएका हमाल समाचार लेखन र कार्यक्रम प्रस्तोताको रुपमा काम गर्नुहुन्छ । उहाँ लोकपाटी डटकमको डेस्क सम्वाददाता हुनुहुन्छ ।

ईमेल: [email protected]

पासाङ ठकुल्ला

पासाङ ठकुल्ला

डेस्क सम्वाददाता

विगत ६ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय ठकुल्लाले ग्रामीण विकास, शैक्षिक, सामाजिक एवं राजनीतिक विषयमा कलम चलाउँदै आउनुभएको छ । उहाँ लोकपाटी डटकमको डेस्क सम्वाददाता हुनुहुन्छ ।

ईमेल: [email protected]

दीपक भण्डारी

दीपक भण्डारी

सम्वाददाता

सामाजिक एवं शैक्षिक गतिविधिमा सक्रिय रहँदै आउनुभएका भण्डारी शैक्षिक, समसामयिक र विज्ञान–प्रविधि विषयमा कलम चलाउनुहुन्छ । उहाँ लोकपाटी डटकमको सम्वाददाता हुनुहुन्छ ।

ईमेल: [email protected]

सुनिता कार्की

सुनिता कार्की

प्रदेश प्रबन्धक

लायन्स क्लब लगायतका विभिन्न सामाजिक, शैक्षिक एवं व्यवसायिक संस्थाहरुमा आवद्व कार्की सहकारीकर्मी पनि हुनुहुन्छ । शिक्षा, विज्ञान र सामयिक विषयमा कलम चलाउने उहाँ लोकपाटी डटकमको प्रदेश प्रबन्धक हुनुहुन्छ ।

ईमेल: [email protected]

राजु अर्याल

राजु अर्याल

बजार व्यवस्थापक

विगत पाँच वर्षदेखि व्यवस्थापनका क्षेत्रमा क्रियाशील अर्याल शैक्षिक एवं सामाजिक गतिविधिमा सक्रिय हुनुहुन्छ । विगत २ वर्षदेखि उहाँ लोकपाटी डटकमको बजार व्यवस्थापक हुनुहुन्छ ।

ईमेल: [email protected]

मिना पाण्डे पौडेल (अस्मिना)

मिना पाण्डे पौडेल (अस्मिना)

सम्वाददाता

विगत एक दशकदेखि मोफसलमा रहेर पत्रकारिता गर्नुभएका पौडेल सामाजिक एवं लैगिंक मुद्दामा कलम चलाउनुहुन्छ । विभिन्न सञ्चार माध्यममा सम्वाददाता, कार्यक्रम निर्माता एवं प्रस्तोताको भूमिका निर्वाह गर्दै आउनुभएका पौडेल लोकपाटी डटकमको सम्वाददाता हुनुहुन्छ ।

ईमेल: [email protected]

भरत घिमिरे

भरत घिमिरे

प्रदेश संयोजक

शिक्षा, पत्रकारिता, उद्यम र शैक्षिक गतिविधिमा सक्रिय घिमिरे शैक्षिक एवं सामाजिक क्षेत्रमा कलम चलाउँदै आउनुभएको छ । विभिन्न सञ्चार माध्यममा लेखन र कार्यक्रम प्रस्तोताको काम गर्नुभएका घिमिरे लोकपाटी डटकमको प्रदेश संयोजक हुनुहुन्छ ।

ईमेल: [email protected]

रमेशकुमार भुसाल

रमेशकुमार भुसाल

सम्वाददाता

प्राध्यापन, पत्रकारिता र सामाजिक क्षेत्रमा क्रियाशील भुसाल ग्रामीण विकास विषयमा प्राध्यापन, राष्ट्रिय मिडियाहरुमा रिपोर्टिङ, कृषि तथा बन क्षेत्रको सहजकर्ता र सहकारी शिक्षणमा सक्रिय रहँदै आउनुभएको छ । उहाँ लोकपाटी डटकमको सम्वाददाता हुनुहुन्छ ।

ईमेल: [email protected]

निर्मल पौडेल

निर्मल पौडेल

सम्वाददाता

मोफसलमा रहेर पत्रकारिता गर्दै आउनुभएका पौडेल समाचार निर्माता, प्रस्तोता र सम्वाददाता हुनुहुन्छ । विगत पाँच वर्षदेखि विभिन्न सञ्चार माध्यममा काम गर्दै आउनुभएका उहाँ लोकपाटी डटकमको सम्वाददाता हुनुहुन्छ ।

ईमेल: lokpatinews.com

उपेन्द्र न्यौपाने

उपेन्द्र न्यौपाने

सम्वाददाता

कर्णाली प्रदेशको जुम्लामा रहेर पत्रकारिता गर्नुहुने न्यौपाने सामाजिक, राजनीतिक एवं समसामयिक विषयमा कलम चलाउनुहुन्छ । उहाँ लोकपाटी डटकमको सम्वाददाता हुनुहुन्छ ।

ईमेल: [email protected]

राजेन्द्र बि.क.

राजेन्द्र बि.क.

सम्वाददाता

विगत पाँच वर्षदेखि मोसफलमा रहेर पत्रकारिता गर्दै आउनुभएका बि.क. शैक्षिक, सामाजिक एवं सामयिक विषयमा कलम चलाउनुहुन्छ । उहाँले बाजुराबाट लोकपाटी डटकमको सम्वाददाताका रुपमा रिपोर्टिङ गर्नुहुन्छ ।

ईमेल: [email protected]