लोकपाटी मिडिया प्रा.लि.ले अनलाइन पोर्टल www.lokpati.com को सञ्चालन, सम्पादन, व्यवस्थापन, सल्लाहकार र स्तम्भकार टीम यस प्रकार रहेको छ ।

मनहरि तिमिल्सिना
अध्यक्ष एवं प्रधान सम्पादकविगत २१ वर्षदेखि पत्रकारिता एवं सामाजिक क्षेत्रमा क्रियाशील तिमिल्सिना प्रधानमन्त्रीका पूर्व प्रेस संयोजक हुनुहुन्छ । उहाँले गण्डकी मिडिया हाउसको प्रबन्ध एवं सम्पादक, गण्डकी खबर दैनिकको सम्पादक, स्वाभिमान साप्ताहिकको सम्पादक, उज्यालो नेपाल अनलाइनको प्रधान सम्पादक, जनसांस्कृतिक महासंघ नेपालको केन्द्रीय महासचिव भएर काम गरिसक्नुभएको छ । मिडिया र लेखनका क्षेत्रमा क्रियाशील तिमिल्सिना विगत २ वर्षदेखि लोकपाटी मिडियाको अध्यक्ष एवं प्रधान सम्पादक हुनुहुन्छ ।
ईमेल: [email protected]

डा. सुरेश गौतम
निर्देशकदन्त चिकित्साको क्षेत्रमा क्रियाशील डा. गौतम सन् २०१४ देखि स्माइल लाइन स्पेसलिस्ट डेन्टल केयरका अध्यक्ष हुनुहुन्छ। लियो क्लब लगायतका विभिन्न सामाजिक गतिविधिमा सक्रिय उहाँ नेपाल हेल्थ अभियान युनेस्को समाजका अध्यक्षसमेत हुनुहुन्छ। मेडि–डेन्टल रिलिफ परोपकारका निर्देशकसमेत रहनुभएका डा. गौतम लोकपाटी मिडियाको निर्देशक हुनुहुन्छ।
ईमेल: [email protected]

इन्द्रराज भट्टराई
सम्पादकशैक्षिक तथा सामाजिक जीवनका विविध क्षेत्रमा कलम चलाउँदै आउनुभएका भट्टराई मानव बेचबिखनविरुद्धको अभियान आफन्त नेपालको कार्यकारी निर्देशक हुनुहुन्छ । उहाँ पूर्व क्याम्पस प्रमूख, एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय उपाध्यक्ष एवं संस्थागत विद्यालय शिक्षक यूनियनको केन्द्रीय सल्लाहकार समितिको संयोजक रहेर काम गर्दै आउनुभएको छ । भट्टराई लोकपाटी डटकमको सम्पादक हुनुहुन्छ ।
ईमेल: [email protected]

श्रीमन्त भट्टराई
कार्यकारी सम्पादकशैक्षिक रुपान्तरण र शिक्षालाई आम नागरिकको अधिकारसँग जोडेर शैक्षिक अभियान चलाउँदै आउनुभएका भट्टराईले फ्रन्ट लाइन लगायतका सञ्चार माध्यममा रहेर काम गरिसक्नुभएको छ । उहाँ बृहत राष्ट्रिय शिक्षा अभियानको सहसंयोजकको जिम्मेवारीमा रहेर शिक्षाको रुपान्तरणका क्षेत्रमा काम गर्दै आउनुभएको छ । भट्टराई लोकपाटी डटकमको कार्यकारी सम्पादक हुनुहुन्छ ।
ईमेल: [email protected]

प्रा.डा. शोभाकान्त लामिछाने
सल्लाहकार/ स्तम्भकारविगत तीन दशकदेखि विज्ञान प्रविधिको क्षेत्रमा प्राध्यापन गर्दै आउनुभएका लामिछाने त्रिभूवन विश्वविद्यालयको प्राध्यापक हुनुहुन्छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को कार्यकारी निर्देशक भएर काम गरिसक्नुभएका लामिछाने नानो–प्रविधिमा विद्यावारिधि गर्नुभएको छ । उहाँ लोकपाटी डटकमको सल्लाहकार एवं स्तम्भकार हुनुहुन्छ ।
ईमेल: [email protected]

डा. ऋषिराज अधिकारी
सल्लाहकार/ स्तम्भकारअन्तर्राष्ट्रिय कुटनीतिका ज्ञाता डा. अधिकारी मलेसियाका लागि नेपालका पूर्वराजदूत एवं प्रधानमन्त्रीका पूर्व परराष्ट्र मामिला सल्लाहकार भएर काम गरिसक्नुभएको छ । उहाँ अन्तर्राष्ट्रिय कुटनीतिका विभिन्न फोरमहरुमा रहेर क्रियाशील रहँदै आउनुभएको छ । अधिकारी लोकपाटी डटकमका सल्लाहकार एवं स्तम्भकार हुनुहुन्छ ।
ईमेल: [email protected]

डा. निमानन्द रिजाल
सल्लाहकार/ स्तम्भकारविगत तीन दशकदेखि प्राध्यापनको क्षेत्रमा क्रियाशील रिजाल पूर्व क्याम्पस प्रमूख, लेखक एवं चिन्तक हुनुहुन्छ । उहाँ प्रधानमन्त्रीको नेतृत्वमा रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको कार्यकारी सदस्य भएर काम गरिरहनुभएको छ । शिक्षा, राजनीति, अर्थतन्त्र र साहित्यमा नियमित रुपमा कलम चलाउने रिजाल लोकपाटी डटकमको सल्लाहकार एवं स्तम्भकार हुनुहुन्छ ।
ईमेल: [email protected]

डा. रामचन्द्र अधिकारी
सल्लाहकार/ स्तम्भकारअधिकारी नेपाल कृषि अनुसन्धान परिषदको योजना तथा कार्यक्रम महाशाखाका निर्देशक हुनुहुन्छ । कृषि विज्ञका रुपमा कृषिको आधुनिकीकरण र यान्त्रिकीकरणका क्षेत्रमा काम गर्दै र कलम चलाउँदै आउनुभएका अधिकारी लोकपाटी डटकमका सल्लाहकार एवं स्तम्भकार हुनुहुन्छ ।
ईमेल: [email protected]

डा. भीमलाल गौतम
सल्लाहकार/ स्तम्भकारभाषा विज्ञानमा विद्यावारिधि गर्नुभएका गौतम त्रिभूवन विश्वविद्यालयका उपप्राध्यापक हुनुहुन्छ । उहाँले एशोसिएसन अफ ल्याङ्गवेज अवार्नेसका दक्षिण एसियाली प्रतिनिधिका रुपमा रहेर भाषा विज्ञान र शिक्षाका क्षेत्रमा काम गर्दै आउनुभएको छ । भाषा विज्ञान, शिक्षा, राजनीति र सामयिक विषयमा कलम चलाउँदै आउनुभएका गौतम लोकपाटी डटकमको सल्लाहकार एवं स्तम्भकार हुनुहुन्छ ।
ईमेल: [email protected]

विनोदखण्ड तिमिल्सेना
सल्लाहकार/ स्तम्भकारअन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीतिमा विद्यावारिधिरत तिमिल्सेना प्राध्यापन र मानव अधिकारको क्षेत्रमा सक्रिय हुनुहुन्छ । सप्तगण्डकी क्याम्पसको उपप्राध्यापक, काहुराष्ट नेपालको सचिव, नेपाल बुद्धिजीवी संगठन लगायत विविध सामाजिक एवं बौद्धिक क्षेत्रमा क्रियाशील उहाँ लोकपाटी डटकमको संस्थापक सम्पादक हुनुहुन्छ । हाल उहाँ लोकपाटी डटकमको सल्लाहकार एवं स्तम्भकार हुनुहुन्छ ।
ईमेल: [email protected]

शिव कोइराला ‘ज्वाला’
सल्लाहकारखेलकूद जगतमा स्थापित कोइराला राष्ट्रिय खेलकूद परिषदका उपाध्यक्ष र राष्ट्रिय तेक्वान्दो संघका केन्द्रीय अध्यक्ष हुनुहुन्छ । १३ औं दक्षिण एसियाली खेलकूद (साग) प्रतियोगितामा प्रचार विभाग प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका उहाँ लोकपाटी डटकमको सल्लाहकार हुनुहुन्छ ।
ईमेल: [email protected]

रहवर अन्सारी
सल्लाहकार/ स्तम्भकारराजनीतिक, शैक्षिक एवं सामाजिक क्षेत्रमा स्थापित व्यक्तित्व अन्सारी बौद्धिक युवा नेता हुनुहुन्छ । शिक्षाप्रेमी एवं सामाजिक अभियान्ता उहाँ नेकपाको वीरगञ्ज महानगरपालिकाको अध्यक्ष हुनुन्छ । अन्सारी लोकपाटी डटकमको सल्लाहकार एवं स्तम्भकार हुनुहुन्छ ।
ईमेल: [email protected]

धर्मराज खतिवडा
सल्लाहकारअष्ट्रियामा रहनुभएका खतिवडा सामाजिक एवं शैक्षिक क्षेत्रमा क्रियाशील हुनुहुन्छ । बौद्धिक गतिविधिमा सक्रिय उहाँ गैरआवासीय नेपाल संघ (एनआरएन) अष्ट्रियाको पूर्वअध्यक्ष हुनुहुन्छ । हाल खतिवडा लोकपाटी डटकमको सल्लाहकार हुनुहुन्छ ।
ईमेल: [email protected]

रामचन्द्र शर्मा
स्तम्भकारव्यवसायिक, राजनीतिक, आर्थिक एवं सामाजिक क्षेत्रमा कलम चलाउने शर्मा युवा पर्यटन व्यवसायी हुनुहुन्छ । बन्दीपुर केवुलकार टुर्स एण्ड ट्राभल्सका अध्यक्ष रहनुभएका उहाँ राष्ट्रिय पर्यटन प्रवद्र्धनका लागि सक्रिय हुनुहुन्छ । शर्मा लोकपाटी डटकमको स्तम्भकार हुनुहुन्छ ।
ईमेल: [email protected]

मनिरत्न श्रेष्ठ
सल्लाहकार/ स्तम्भकारनेपाल राष्ट्रिय कर्मचारी महासंघका संस्थापक वरिष्ठ उपाध्यक्ष श्रेष्ठ राष्ट्रिय वाणिज्य बैंकबाट सेवा निवृत्त कर्मचारी हुनुहुन्छ । अध्ययन, लेखन र सामाजिक गतिविधिमा सक्रिय उहाँ लोकपाटी डटकमको सल्लाहकार एवं स्तम्भकार हुनुहुन्छ ।
ईमेल: [email protected]

टीकाराम कार्की
लेखापरीक्षकनेपाल चार्टर्ड एकाउण्टेन्स संघ (एक्यान) का कार्यकारी सदस्य कार्की उद्यमी, पेशेवर ट्रेनर र चार्टर्ड एकाउन्टेन्ट हुनुहुन्छ । उहाँ लोकपाटी मिडिया प्रा.लि.को लेखापरीक्षक हुनुहुन्छ ।
ईमेल: [email protected]

दीपक भण्डारी
सम्वाददातासामाजिक एवं शैक्षिक गतिविधिमा सक्रिय रहँदै आउनुभएका भण्डारी शैक्षिक, समसामयिक र विज्ञान–प्रविधि विषयमा कलम चलाउनुहुन्छ । उहाँ लोकपाटी डटकमको सम्वाददाता हुनुहुन्छ ।
ईमेल: [email protected]

राजु अर्याल
बजार व्यवस्थापकविगत पाँच वर्षदेखि व्यवस्थापनका क्षेत्रमा क्रियाशील अर्याल शैक्षिक एवं सामाजिक गतिविधिमा सक्रिय हुनुहुन्छ । विगत २ वर्षदेखि उहाँ लोकपाटी डटकमको बजार व्यवस्थापक हुनुहुन्छ ।
ईमेल: [email protected]

नवीन पोखरेल
अंग्रेजी संस्करण प्रमुखविज्ञान, प्रविधि, स्वास्थ्य र शिक्षा क्षेत्रमा क्रियाशील पोखरेल लोकपाटीको पूर्वसम्पादक एवं शहीद सन्तति फाउण्डेशनको अध्यक्ष हुनुहुन्छ । विज्ञान विषयमा प्राध्यापन गर्नुहुने उहाँ हाल लोकपाटी डटकमको अंग्रेजी संस्करण प्रमुख हुनुहुन्छ ।
ईमेल: [email protected]

सुजिता हमाल
डेस्क सम्वाददाताविगत सात वर्षदेखि पत्रकारिताको क्षेत्रमा रहेर सामाजिक एवं शैक्षिक मुद्दामा कलम चलाउँदै आउनुभएका हमाल समाचार लेखन र कार्यक्रम प्रस्तोताको रुपमा काम गर्नुहुन्छ । उहाँ लोकपाटी डटकमको डेस्क सम्वाददाता हुनुहुन्छ ।
ईमेल: [email protected]

पासाङ ठकुल्ला
डेस्क प्रमुखविगत ६ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय ठकुल्लाले ग्रामीण विकास, शैक्षिक, सामाजिक एवं राजनीतिक विषयमा कलम चलाउँदै आउनुभएको छ । उहाँ लोकपाटी डटकमको डेस्क प्रमुख हुनुहुन्छ ।
ईमेल: [email protected]

टीकाराम कार्की
लेखापरीक्षकनेपाल चार्टर्ड एकाउण्टेन्स संघ (एक्यान) का कार्यकारी सदस्य कार्की उद्यमी, पेशेवर ट्रेनर र चार्टर्ड एकाउन्टेन्ट हुनुहुन्छ । उहाँ लोकपाटी मिडिया प्रा.लि.को लेखापरीक्षक हुनुहुन्छ ।
ईमेल: [email protected]

विजय हमाल
कानूनी सल्लाहकारविगत आठ वर्षदेखि अधिवक्ताका रुपमा क्रियाशील हमाल स्थापित युवा कानून व्यवसायी हुनुहुन्छ। राजनीतिक, सामाजिक र संवैधानिक विषयमा कलम चलाउने उहाँ सामाजिक क्षेत्रमा समेत क्रियाशील हुनुहुन्छ। हमाल लाेकपाटी मिडियाकाे कानूनी सल्लाहकार हुनुहुन्छ।
ईमेल: [email protected]

हेमा भुसाल
बजार व्यवस्थापकविगत २ वर्षदेखि बैंकिङ एवं व्यवस्थापनका क्षेत्रमा क्रियाशील भुसाल युवा व्यवस्थापक हुनुहुन्छ। शैक्षिक एवं सामाजिक गतिविधिमा सक्रिय उहाँ हाल लाेकपाटी मिडियाकाे बजार व्यवस्थापन एवं प्रशासनिक जिम्मेवारीमा हुनुहुन्छ।
ईमेल: [email protected]

मिना पाण्डे पौडेल (अस्मिना)
सम्वाददाताविगत एक दशकदेखि मोफसलमा रहेर पत्रकारिता गर्नुभएका पौडेल सामाजिक एवं लैगिंक मुद्दामा कलम चलाउनुहुन्छ । विभिन्न सञ्चार माध्यममा सम्वाददाता, कार्यक्रम निर्माता एवं प्रस्तोताको भूमिका निर्वाह गर्दै आउनुभएका पौडेल लोकपाटी डटकमको सम्वाददाता हुनुहुन्छ ।
ईमेल: [email protected]

भरत घिमिरे
प्रदेश संयोजकशिक्षा, पत्रकारिता, उद्यम र शैक्षिक गतिविधिमा सक्रिय घिमिरे शैक्षिक एवं सामाजिक क्षेत्रमा कलम चलाउँदै आउनुभएको छ । विभिन्न सञ्चार माध्यममा लेखन र कार्यक्रम प्रस्तोताको काम गर्नुभएका घिमिरे लोकपाटी डटकमको प्रदेश संयोजक हुनुहुन्छ ।
ईमेल: [email protected]

रमेशकुमार भुसाल
सम्वाददाताप्राध्यापन, पत्रकारिता र सामाजिक क्षेत्रमा क्रियाशील भुसाल ग्रामीण विकास विषयमा प्राध्यापन, राष्ट्रिय मिडियाहरुमा रिपोर्टिङ, कृषि तथा बन क्षेत्रको सहजकर्ता र सहकारी शिक्षणमा सक्रिय रहँदै आउनुभएको छ । उहाँ लोकपाटी डटकमको सम्वाददाता हुनुहुन्छ ।
ईमेल: [email protected]

निर्मल पौडेल
सम्वाददातामोफसलमा रहेर पत्रकारिता गर्दै आउनुभएका पौडेल समाचार निर्माता, प्रस्तोता र सम्वाददाता हुनुहुन्छ । विगत पाँच वर्षदेखि विभिन्न सञ्चार माध्यममा काम गर्दै आउनुभएका उहाँ लोकपाटी डटकमको सम्वाददाता हुनुहुन्छ ।
ईमेल: lokpatinews.com

उपेन्द्र न्यौपाने
सम्वाददाताकर्णाली प्रदेशको जुम्लामा रहेर पत्रकारिता गर्नुहुने न्यौपाने सामाजिक, राजनीतिक एवं समसामयिक विषयमा कलम चलाउनुहुन्छ । उहाँ लोकपाटी डटकमको सम्वाददाता हुनुहुन्छ ।
ईमेल: [email protected]

राजेन्द्र बि.क.
सम्वाददाताविगत पाँच वर्षदेखि मोसफलमा रहेर पत्रकारिता गर्दै आउनुभएका बि.क. शैक्षिक, सामाजिक एवं सामयिक विषयमा कलम चलाउनुहुन्छ । उहाँले बाजुराबाट लोकपाटी डटकमको सम्वाददाताका रुपमा रिपोर्टिङ गर्नुहुन्छ ।
ईमेल: [email protected]