त्रिशूली जलविद्युतमा भीषण आगलागी

fire-750x430
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं । त्रिशूली जलविद्युत् केन्द्रमा मंगलबार दिउँसो भीषण आगलागी भएको छ । नुवाकोटस्थित सञ्चालनमा रहेको विद्युतगृहको कन्ट्रोल प्यानल (बस बार) मा आगालागी भएको हो ।

परान्ह साढे १ बजे लागेको आगो २ घन्टापछि नियन्त्रणमा लिइएको केन्द्रले जनाएको छ । विद्युतगृहको ५–६ वटा कन्ट्रोल प्यानल जलेको र विदुर नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार मर्मत गरी सञ्चालनमा ल्याउन समय लाग्ने छ ।

केन्द्रमा आगालागी हुँदा २४ मेगावाट विद्युत आपूर्ति बन्द भएको छ । यस्तै, केन्द्रको टेलरेस सुरुङबाट निस्केको पानी उपयोग गरी निर्माण तथा सञ्चालन भएको १४ मेगावाटको देवीघाट जलविद्युत आयोजना पनि बन्द भएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्