पहिरोले घर पुर्दा ३ जनाको मृत्यु

लाेकपाटी न्यूज
0 Shares

भक्तपुर । अविरल वर्षाका कारण आएको पहिरोका कारण घर पुर्दा भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ मझुवा टोलमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले दिएको जानकारी अनुसार सुतिरहेको बेला खसेको पहिरोले च्यापिएर हजुरबुवा, हजुरआमा र नातिनीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ६९ वर्षीय हिरा लामा, उनकी श्रीमती ६२ वर्षीय पानमाया लामा र उनीहरुको तीन वर्षीया नातिनी सम्पदा लामाको मृत्यु भएको हो ।

उज्यालो संवाददाता सुदिन दोङका अनुसार घटनास्थलमा प्रमुख जिल्ला अधिकारी भट्टसहितको टोली पुगेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्