असारे झरीमा बजेटको भेल

लाेकपाटी न्यूज
0 Shares

काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनासम्म सुस्त रहेका सरकारी निकायले असार महिना लागेसँगै विकास बजेट पानीको भेलसँगै बगाउन थालेका छन् ।

विकास बजेट जेठ मसान्तसम्म दैनिक औसत ४८ करोड ६३ लाख ७२ हजार रुपैयाँका दरले खर्च भएकोमा पछिल्लो सात दिनमा औसत २ अर्ब ५६ करोड २ लाख ७४ हजारका दरले खर्च गरिएको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकले देखाएको छ ।

कार्यालयका अनुसार पछिल्लो सात दिनमा १७ अर्ब ९२ करोड १९ लाख २१ हजार पुँजीगत बजेट खर्च भएको छ । कार्यालयका सहमहालेखा नियन्त्रक जगन्नाथ देवकोटाले यो रकम अझै बढ्ने बताए ।

खासगरी दातृ निकायहरुले विभिन्न मन्त्रालयका आयोजनामा भएको खर्च सिधै भुक्तानी गरेकाले असारे खर्च अझै धेरै भएको कार्यालयको भनाइ छ । आजको कारोबारको पहिलो पृष्ठमा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्