कस्तो भ्याकुम क्लिनर प्रयोग गर्ने ?

लाेकपाटी न्यूज
0 Shares

काठमाडौ : बाजे बराजुको पालामा जस्तो कुचोले मात्र कोठा सफा गर्ने जमाना गए अब । घरको कोठामा विछ्याएको उच्च गुणस्तरको कार्पेटमा झाडु वा कुचो लगाउने कुरा पनि भएन । त्यसैले तपाईले भ्याकुम क्लिनर प्रयोग गर्न थाल्नुभएको छ ।

तर कार्पेटमा पोखिएका विभिन्न वस्तुहरु भ्याकुम क्लिनरले सफा गर्दा पनि तानिदैन भने विचार गर्नुहोस् कि तपाईको भ्याकुम क्लिनर त्यत्ति उत्कृष्ट छैन । बजारमा धेरै गुणस्तर र ब्राण्डका भ्याकुम क्लिनरहरु पाइन्छ । झोला झैं बोक्न मिल्ने, आवाज नआउने र व्याट्रिबाट समेत चल्ने भ्याकुम क्लिनरहरु आएका छन् ।

१ आवाज नआउने भ्याकुम क्लिनर

भ्याकुम क्लिनर अन गर्ने वित्तिकै ठूलो आवाज आउँछ । यसले घरभित्र मात्र नभई बाहिर सम्म पनि आवाज निकाल्ने भएकाले यसको विकल्पमा आवाज नआउने भ्याकुम क्लिनर बजारमा ल्याएको हो । आवाज नआउने भ्याकुम क्लिनर अस्पताल जस्तो संवेदनशील क्षेत्रमा प्रयोग गरिन्छ ।

यदि तपाईको घरमा वा कोठामा पनि वल्लो वा पल्लो घर वा कोठाका मानिसहरुले भ्याकुमको आवाज मन पराउँदैनन् भने तपाईका लागि पनि उत्तम हुन सक्छ । यो अरु भ्याकुम क्लिनर भन्दा झण्डै दोब्बर मूल्य पर्छ ।

२. झोला जस्तो भ्याकुम क्लिनर

यो भ्याकुम क्लिनरको प्रयोगबाट गुडाइरहनुपर्ने र उचालिरहनुपर्ने झण्झटबाट मुक्ति मिल्छ । यो स्कुल ब्याग जस्तै भएकाले पछाडि पट्टि बोक्न मिल्छ । खासै गह्रुंगो पनि नहुने भएकाले यो झोला भिरेर घण्टौं सम्म कोठा सफा गर्न सकिन्छ ।

३. व्याट्रिबाट चल्ने भ्याकुम क्लिनर

हरेक कोठामा विजुलीको लाइन हुन्छ नै भन्न सकिन्न त्यस्तो बेला वा लोडसेडिङको समयमा पनि कोठा सफा गर्नका लागि यो भ्याकुम क्लिनर प्रयोगमा आउँछ । यी बाहेक बजारमा यसको विशेषता र क्षमता हेरी सस्तो देखि महँगा महँगा भ्याकुम क्लिनर पनि आएका छन् ।

त्यसको विशेषता, टिकाउपना हेरेर किनेमा तपाईको कोठालाई चाहेजस्तै सफा र सुन्दर बनाई राख्न सकिन्छ ।