केसीको जीवनसँग खेलवाड गर्दैछन् : प्रम ओली

लाेकपाटी न्यूज
0 Shares

पोखरा : प्रधानमन्त्री केपी शर्मा ओलीले केही राजनीतिक दलहरू आफ्नो दुनो सोझ्याउन गोविन्द केसीको जीवनसँग खेलवाड गरिरहेको बताए।

पोखरा विश्व विद्यालयको १९ औं साधारणसभालाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार केसीको स्वास्थ्य अवस्थाप्रति गम्भीर रहेको बताएका हुन्। डाक्टर गोविन्द केसीको स्वास्थ्य कमजोर भएको जानकारी पाएपछि सरकारले चिकित्सकको टोली पठाउँदा केसीको छेउमा पुग्न अवरोध गर्नु नाजायज काम भएको उनले बताए।

एउटा जमताले जे भन्यो त्यो सरकारले पत्याइदिनु जायज नभएकोले प्रधानमन्त्री ओलीले भने, ‘गोविन्द केसी आफ्नो खुशीमा चलिरहनु भएको छ कि पराधीन हुनुहुन्छ? बुझ्न सकिएन।’

प्रधानमन्त्री ओलीले केही राजनीतिक दलले गोविन्द केसीको अनसनलाई देखाएर आफ्नो राजनीतिलाई जीवित राख्न खोजे त्यो स्थायी नहुने दाबी पनि गरे। ‘केही-केही मानिसहरू गोविन्द केसीको अनसनलाई देखाएर आफ्नो रोटी सेक्न खोज्दैछन्,’ प्रधानमन्त्री ओलीले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्