नेपालले नोबेल पुरस्कार पाउनुपर्थ्यो : प्रचण्ड

Chair-Dahal-Prachanda-1-750x430
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं । नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र युद्धलाई शान्ति प्रक्रियामार्फत् व्यवस्थापन गरिएको नेपाली उदाहरण विश्वमै नौलो रहेको भन्दै नेपालले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने बताएका छन् ।

उनले १० वर्षे जनयुद्धमार्फत नेपालमा विभिन्न रेकर्डहरु बनाए पनि अन्तर्राष्ट्रिय बजारमा यसलाई राम्रोसित बेच्न नसकेको समेत बताएका छन् । चितवनमा आयोजित एक कार्यक्रममा प्रचण्डले भने, “एकथरि मान्छेलाई युद्ध र शान्ति प्रक्रियाबाट आएको व्यक्तिलाई विश्व शान्ति दूत बनाउने, नोवल शान्ति पुरस्कार दिने कुरा नराम्रो लाग्न सक्छ । तर, योगदानका हिसाबले नेपालले नोबेल पुरस्कार पाउनुपथ्र्यो ।’

प्रचण्डले नेपालको जस्तो शान्ति प्रक्रिया युरोप वा ल्याटिन अमेरिकामा भएको त्यसको संसारभरि प्रचार हुने बताए । प्रचण्डले भने, ‘हामीले शान्ति प्रक्रिया नेपालजस्तो गरीब र पिछडिएको देशमा गर्यौं । यो युरोप वा अमेरिकामा भएको भए संसारभर यसको अर्कै मूल्य हुन्थ्यो ।’

प्रचण्डले थपे, ‘नेपालको शान्ति प्रक्रिया विश्वकै लागि अनुपम उदाहरण हो । हामीले विश्वव्यापी ठूलो सन्देश दिएका छौं । तसर्थ, नेपाल नोबेल पुरस्कारको हकदार हो ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्