संसारकै थोरै कर नेपालीले तिर्छन् : ओली

Kp_Oli_
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा संसारकै सबैभन्दा थोरै कर भएको बताएका छन्। मंगलबार विराटनगर विमानस्थलमा पत्रकारसँगको संक्षिप्त कुराकानीमा ओलीले नेपालमा जति थोरै कर, सस्तो बजार र मूल्य संसारमै नभएको बताए।

ओलीले अन्य देशको तुलनामा थोरै कर हुँदा हुँदै पनि चर्को कर लगाएको भन्ने अफवाह फैल्याउन केही समूह सक्रिय रहेको आरोप लगाए। ओलीले भने, ‘करका विषयमा भ्रम र अफवाह फैल्याउन केही व्यक्ति र समूह सक्रिए भएका छन्।’

उनले कतै कर तिर्न नसकेर गाईवस्तु नगरपालिकालाई बुझाएको, कतै साइकल चढ्नेलाई पनि मासिक कर लगाएको, सबैथोकमा कर बढेको जस्ता सनसनीपूर्ण हल्ला फैलाउने काम भइरहेको बताउँदै हल्ला भएजस्तो बास्तविकता नरहेको दाबी गरे। ‘मोरङमै साइकललाई मासिक कर लगाएको हल्ला गरिएको थियो’ उनले भने, ‘मलाई देखाइदिनुत् त कुन स्थानीय तहले साइकललाई मासिक कर लगाएको छ ?’

ओलीले संविधान बनाउँदै सिंहदरबारका अधिकार गाउँमा ल्याउने भनिएको र सोहीअनुसार स्थानीय तहलाई पनि कर लगाउने अधिकार दिइएको स्पष्ट पारे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्