अभिनेता अनमोल केसी बने आइमार्स् मोवाइलको ब्राण्ड दूत

लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १७ भदौ । युवा अभिनेता अनमोल केसी ओपल मल्टिनेशनल नामक चिनियाँ कम्पनिद्वारा उत्पादित आइमार्स् मोवाइलको ब्राण्ड एम्बेस्डर (दूत) बनेका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच ओपल मल्टिनेशनल कम्पनि र अभिनेता केसीबीच आइमार्स् मोवाइलको ब्राण्ड दूतको सम्झौता पत्रमा हस्ताक्षर भएको हो । केसीसँग ओपलले एक वर्षका लागि ब्राण्ड दूतका रुपमा सम्झौता गरेको हो ।

ओपलले बडादशैंलाई लक्षित गरी आइमार्स् नामक स्मार्ट फोन र फिचर फोन नेपाली बजारमा ल्याउन लागेको कार्यक्रममा जानकारी दिइयो । आइमार्सले आफ्नो बजार व्यवस्थापनलाई लक्षित केसी अभिनेता केसीलाई ब्राण्ड दूतमा नियुक्त गरेको हो ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै केसीले आइमार्सका फोनहरु अरु फोनभन्दा गुणस्तरीय र आधुनिक भएकाले आफूले ब्राण्ड दूतको प्रस्ताव स्वीकार गरेको बताए । अभिनेता केसीले भने, ‘म आफैले यो फोन प्रयोग गरेर हेरें, आइमार्सका फोनहरु गुणस्तरीय र आधुनिक रहेछन् । आइमार्सको ब्राण्ड दूत बन्न पाउँदा खुसी छु, यसले नेपालमा राम्रो बजार पाउँछ भन्ने मेरो विश्वास छ ।’

कार्यक्रममा आइमार्सका कन्ट्री म्यानेजर सुशील न्यौपानेले ओपल कम्पनिका फोनहरु अरुभन्दा सस्तो, गुणस्तरीय र आधुनिक भएको बताए । ‘आइमार्सको आफ्नै उत्पादक कम्पनि छ । हाम्रा फोनहरु गुणस्तरीय, आधुनिक र सस्तो पनि छन् । आइमार्सले नेपालमा राम्रो बजार पाउँछ भन्नेमा हामी ढुक्क छौं’ उनले भने । ओपलले विगत १२ वर्षदेखि उत्पादक कम्पनिको रुपमा मात्र काम गरेकोमा अब आफैले ब्राण्डिङ गरेर बिक्री बितरणको काम गर्न लागेको कार्यक्रममा जानकारी दिइयो ।

दशैंपछि बजारमा आउने आइमार्स फोनका हरेक मोडलमा फोरजी टेक्नोलोजी र ३ वटा मोडलमा सिडिएम नेटवर्क क्षमता रहेको छ । ओपलको आफ्नै उत्पादक कम्पनि रहेका कारण आइमार्सले नेपाली बजारमा राम्रो प्रतिस्पर्धा गर्ने म्यानेजर न्यौपानेले बताए ।

कम्पनिले उत्पादन गर्ने फोनहरु २ हजारदेखि ३० हजार रुपैयाँ मूल्यका रहेको न्यौपानेले बताए । आइमार्सले ल्यापटप, टेलिभिजन, पावर ब्याङ्क पनि दशैंपछि नेपाली बजारमा ल्याउनेछ ।